अबको २० दिनपछि विदा हुँदै कुलमान

देश    राजनीति

अबको २० दिनपछि विदा हुँदै कुलमान
८ भदौ, काठमाडौं । कार्यकाल थपिएन भने अबको २० दिनपछि नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङ बिदा हुनेछन् ।घिसिङको विदा हुने दिन नजिकिएसँगै उनी प्राधिकरणमा दोहोरिनुपर्छ र दोहोरिनु हुँदैन भन्नेखालका दुईथरी तर्कहरु सुनिँदैछन् ।प्राधिकरणमा ४ वर्षे नेतृत्व सम्हाल्दा चर्चामा आएका घिसिङको विदाई पछि विद्युत प्राधिकरणको भविष्य के हुने भन्ने चासो आम रुपमा बढ्न थालेको छ । आम जनताहरु कुलमान अर्को कार्यकालका लागि नदोहोरिए विगतमा झैँ १८ घण्टे लोडसेडिङको अधेँरो युग फेरि सुरु हुने हो कि भनेर सशंकित हुन थालेका छन् । देशभरका अधिकांश जनताको माग कुलमान घिसिङ कार्यकारी निर्देशकको रुपमा पुनः दोहोरिनुपर्छ भन्ने छ । तर राजनितिक नेतृत्व तहमा भने दुई खाले बहस सुरु भैसकेको छ । एकाथरिले कुलमानले उदाहरणीय काम गरेकाले उनलाई दोहोर्याउनुपर्छ भन्ने छ भने लोडसेडिङको अन्त्य गरेपनि अन्य महत्वपुर्ण कामहरुमा उनी चुकेकाले उनको विकल्प खेजिनुपर्ने अर्कोथरिको भनाई छ ।यता कुलमानलाई प्राधिकरणको नेतृत्वमा पुन दोहोरिन नदिन प्राधिकरण भित्रैका आकांक्षीहरु, बिचौलिया देखि राजनितीक नेतृत्व, हरतरहले लागि परेको खबरहरु बेला बेलामा बाहिरिने गरेका छन् । २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका उनलाई तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणमा ल्याएका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...