बाढी पीडितको धानखेतमा गृहमन्त्रिको दाँई |

गृह    देश    राजनीति    समाज

बाढी पीडितको धानखेतमा गृहमन्त्रिको दाँई |
अगस्ट २३ अछाम:-  गत मङ्गलबार अछामको कैलाश खोलामा आएको बाढीले रामरोशन गाउँपालिका ५ मा मने साउदको करिब १५ रोपनी जग्गामा लगाएको धानबाली नष्ट गर्‍यो ।बाढीबाट केही क्षेत्रको धान भने बचेको थियो । तर गृहमन्त्री रामबहादुर थापा ‘बादल’को जम्बो टोलीले जोगिएको धानखेतको केही क्षेत्र सखाप पारेको छ ।गृहमन्त्री बादल शुक्रबार दलबल लिएर घटनास्थलको निरीक्षण र राहतका लागि भन्दै अछाम पुगेका थिए । उनको हेलिकप्टर मने साउदकै खेतमा ल्यान्ड भयो । त्यही टेबल तथा कुर्सी राखेर कार्यक्रम समेत गरे । टोलीमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपा सांसद भीम रावल, शेरबहादुर कुँवर र तारामान कुँवर, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेललगायत थिए । टोलीले २५ कट्टा चामल, १० कट्टा दाल, नुन तेल लगायतका राहत उपलब्ध गरायो । पूर्वगृहमन्त्री एवं त्यही क्षेत्रका सांसद भीम रावलले किरिया खर्च भन्दै १ लाख रुपैयाँ दिए । बाढीबाट बचेको धानमाथि हेलिकप्टर उतारेर कार्यक्रम गरेको पीडितहरूले रुचाएका छैनन् । रामरोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले भने बाढीले बगर भइसकेको क्षेत्रमा कार्यक्रम आयोजना गरेको भन्दै टोलीको बचाउ गरिन् । ‘त्यो ठाउँमा मङ्गलबारको बाढीले धान सखाप परेको थियो, त्यही कार्यक्रम आयोजना गरिएको हो’ उनले भनिन्, ‘टोलीका कारण थप धान नष्ट भएको छैन ।’ मङ्गलबार आएको बाढीले रामारोशन–५ सैनीबजार बगाउँदा ७ जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...