बाढी पीडितको धानखेतमा गृहमन्त्रिको दाँई |
गृह देश राजनीति समाज
टोलीमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपा सांसद भीम रावल, शेरबहादुर कुँवर र तारामान कुँवर, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेललगायत थिए ।
टोलीले २५ कट्टा चामल, १० कट्टा दाल, नुन तेल लगायतका राहत उपलब्ध गरायो । पूर्वगृहमन्त्री एवं त्यही क्षेत्रका सांसद भीम रावलले किरिया खर्च भन्दै १ लाख रुपैयाँ दिए ।
बाढीबाट बचेको धानमाथि हेलिकप्टर उतारेर कार्यक्रम गरेको पीडितहरूले रुचाएका छैनन् ।
रामरोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले भने बाढीले बगर भइसकेको क्षेत्रमा कार्यक्रम आयोजना गरेको भन्दै टोलीको बचाउ गरिन् । ‘त्यो ठाउँमा मङ्गलबारको बाढीले धान सखाप परेको थियो, त्यही कार्यक्रम आयोजना गरिएको हो’ उनले भनिन्, ‘टोलीका कारण थप धान नष्ट भएको छैन ।’
मङ्गलबार आएको बाढीले रामारोशन–५ सैनीबजार बगाउँदा ७ जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता छन् । 
