इजरायलमा हुने नेपाल भ्रमण बर्ष २०२०कार्यक्रमलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सम्बोधन गर्नु हुने |

देश

इजरायलमा हुने नेपाल भ्रमण बर्ष २०२०कार्यक्रमलाई  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सम्बोधन गर्नु हुने |
फेब्रुवरी ११ फिष्टेल न्यूज तेल अभिव :- नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई इजरायल सरकारका पर्यटन मन्त्री  यारिभ लेभिनकाे निमन्त्रणामा २६ औ अन्तराष्ट्रिय भु-मध्य पर्यटन प्रर्दशनी ( International Mediterranean Tourism Market) अवलाेकन गर्नु भएको छ ।साथै मन्त्रि भट्टराई नेपाली राजदुताबास इजरायल र पर्यटन बाेर्डकाे सहकार्यमा आयाेजित नेपाली पर्यटन प्रबर्द्धन “Nepal Evening 2020” कार्यक्रममा सहभागि हुने भएको छ । साेहि अवसर पारेर मन्त्री भट्टराईले इजरायल सरकारका अन्य मन्त्री लगाएत इजरायली पर्यटन ब्यवसायीहरूसंग भेटघाट गर्नु भएको राजदुताबास श्राेतले जानकारी दिएकाे छ ।नेपाल भ्रमण बर्ष visit Nepal 2020 काे प्रचार प्रसारकाे क्रममा फेब्रुअरी १३ तारिख साझ ७ बजे रमता हसारोनको सिनेमा सिटिमा हुने “Nepal Evening 2020” मा मन्त्री भट्टराईले visit Nepal 2020 काे बारेमा सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ । इजरायल सरकारका विशिष्ट प्रतिनिधी, स्थानिय पर्यटन ब्यवसायी,हाेटल ब्यवसायी, ट्राभल एजेन्सीहरुका संचालक तथा प्रतिनिधीहरूकाे सहभागिता रहने छ । साे कार्यक्रममा नेपाली कला, सस्कृती,पर्यटकिय स्थलहरूका बारेमा बिषेश कार्यक्रम प्रस्तुत गरिने भएको छ ।इजरायलको कार्यक्रम सकेर मन्त्री भट्टराई नेपाली राजदुताबास इजरायल र साई प्रस स्थित अबैतानिक बाणिज्य दुताबास तथा एनआर एनएसँगकाे सहकार्यमा साईप्रसमा हुने visit Nepal 2020कार्यक्रममा सरिक भएर फेब्रुअरी १५ तारिख नेपाल फर्कने कार्यक्रम रहेकाे नेपाली राजदुताबास श्राेतले जनाएकाे छ। 

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...