कोरोना संक्रमितको संख्या शुन्यमा झारेको एउटा नगरपालिका

none    देश    राजनीति    स्थानीय    स्वास्थ्य

कोरोना संक्रमितको संख्या शुन्यमा झारेको एउटा नगरपालिका
चितवनका सात स्थानीय तहमध्ये ६ वटामा कोरोनाको संक्रमण फैलिँदो छ । कोरोना संक्रमित भरतपुर महानगरपालिकालाई सबैभन्दा धेरै देखिएका छन् । भौगोलिक र जनसंख्याका हिसावले ठूलो महानगरपालिकामा अन्यत्रको संक्रमित भेटिनु स्वभाविक भए पनि यसको दर भने निकै उच्च छ । सावधानी निकै कम छ । महानगरमा अहिलेसम्म १८३ जना संक्रमित बनेका छन् । जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामनामा एक जना वृद्धासहित दुई जना संक्रमित छन् भने, कालिका नगरपालिकामा ५ जना राप्तीमा ६८ जना, खैरहनीमा १२ जना र रत्ननगरमा १२ जना संक्रमित छन् । तर, जिल्लाकै अर्को एक नगरपालिका माडीमा भने सक्रिय संक्रमितको संख्या यतिबेला शून्य छ । अहिले माडीले अपनाएको संक्रमित शून्य पार्ने मोडलको सबैले प्रशंसा गर्न थालेका छन् । माडीमा गएको असार ३१ गते क्वारेन्टिनमा बसेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अहिलेसम्म थप एक जनालाई पनि संक्रमण देखिएको छैन । माडीमा कुल संक्रमितको संख्या ४१ रहे पनि सक्रिय संक्रमित कोही पनि छैन । माडी नगरपालिकाले नगर क्षेत्रमा १२ वटा क्वारेन्टिन बनाएर विदेशबाट आएका करिब तीन सय जनालाई राखेर परीक्षण गरी व्यवस्थापन गरिसकेको छ । अहिले एक मात्रै क्वारेन्टिन र एक मात्रै आइसोलेसन सेन्टर बाँकी छ । अहिले होम क्वारेन्टिनमा चार जना छन् । तीमध्ये दुई जनाको परीक्षणका लागि स्वाब दिइएको छ भने बाँकी दुईको दिन बाँकी छ । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख शिव सुवेदीले माडीमा समुदायमा कोरोना फैलिन नदिन सबै सचेचनाका उपाय अपनाएको बताउँछन् । उनले भने, ‘जिल्लाका अरु स्थानीय तहमा समुदायमा नै कोरोना फैलिएको देखिएको छ तर माडीमा अहिलेसम्म एउटा पनि त्यस्तो केस भेटिएको छैन, ४१ बाट माथि बढ्न दिएका छैनौं ।’ समुदायमा परीक्षण नै नगरेर केस नभेटिएको भने होइन । नगरपालिकाले अहिलेसम्म समुदायमा शंकास्पद १५० भन्दा बढीको नमूना परीक्षण गरेको छ । ती सबैको रिपोर्ट नेगेटिभ आएको छ । विदेशबाट आउने नगरवासीलाई सीमा क्षेत्रमा नै लिन जाने जिल्लाको स्थानीय तहमध्ये माडी नै पहिलो हो । यसको सिको गर्दै भरतपुर महानगरपालिकाका जनप्रतिनिधि पनि सीमा क्षेत्रमा गएका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...