गण्डकी प्रदेशमा ११ जना संक्रमित थपिए

देश    समाज    स्वास्थ्य

गण्डकी प्रदेशमा ११ जना संक्रमित थपिए
७ भदौ, पोखरा । पोखरामा ४ जनासहित आइतबार गण्डकी प्रदेशका ३ जिल्लामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराको कास्की सेवा अस्पतालमा २ जना, पोखरा महानगरपालिका- १६ मा २ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पोखरा – १६ मा ३१ वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । आइतबार नै नवलपुरको विनय त्रिवेणी नगरपालिका- १ मा मात्र ३ जना महिला र ३ जना पुरुष गरी ६ जनालाई संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । गोरखा नगरपालिका- १ मा २८ वर्षीय पुरुषमा पनि आइतबार दिउँसो संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ८ सय ७० जना पुगेको छ । जसमध्ये १ हजार ६ सय ११ जना निको भएर घर फर्केका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...