नेपाली राजदुताबास इजरायलले इजरायल तथा साईप्रसमा रहेका नेपालीहरुलाई अनलाइन फारम भर्ना अनुरोध ।

अन्य    विदेश

नेपाली राजदुताबास इजरायलले इजरायल तथा साईप्रसमा रहेका नेपालीहरुलाई अनलाइन फारम भर्ना अनुरोध ।
मार्च २३ काठमाडौँ :-नेपाली राजदुताबास इजरायलले कोभिड-१९ भाइरसले बिस्व ब्यापी रुपमा संक्रम बढाई रहेको र इजरायलमा पनि दिन प्रतिदिन संक्रमितको तथा मृतकको संख्यामा पनि बृद्दी हुँदै गईरहेको हुँदा इजरायल तथा साइप्रसमा विभिन्न हिसावले बसोबास गरिरहेको नेपाली नागरिकहरुलाई सुरक्षा  अवस्था बुझ्न तथा तथ्याङ्का संकलन गर्न अनलाइन रजिस्ट्रेसन फर्म भर्ना अनुरोध गरेको छ । राजदुताबासले इजरायल तथा साइप्रसको स्थित अध्ययान गर्दै सम्बन्धित सरकार तथा मन्त्रालयसंग सम्पर्क राखिरहेको र नेपाल सरकारका सम्बन्धित मन्त्रालयसंग आवस्यक रुपमा छलफल गरिरहेको छ ।इजरायल र साइप्रसमा रहेका नेपाली नागरिकहरुले आफ्नो कर्तब्य सम्झी फारम भरि दिनको लागी नेपाली राजदुताबास इजरायलले सूचना मार्फत अनुरोध गरेको छ । राजदुताबासको सुचना :- अहिले विश्वभर Pandemic का रुपमा फैलिरहेको कोरोना भाईरसको बारेमा र यसका नकारात्मक प्रभावका बारेमा यहाँहरु सबै जानकार नै हुनुहुन्छ । यस्तो अवस्थामा हाल ईजरायल तथा साईप्रसमा रहनु भएका सबै नेपालीहरुलाई परेका नकारात्मक प्रभावका बारेमा, समस्या समाधानका बारेमा र अब पर्ने समस्याहरुका लागि तयारी गर्न पनि सहयोग पुराउनका लागि सबै नेपालीहरुको विवरण आवश्यकता पर्दछ । दूतावासमा दुवै देशमा रहनुहुने नेपालीहरुको विवरण रहेको तर बिचमा आउने र क्यान्सेल भई नेपाल जाने क्रम रहेकोले विश्वसनीय जानकारि छैन । अत: यस कोरोना क्राईसिसमा विभिन्न तवरले सहयोग, समन्वय गर्न र भविष्यमा आइपर्ने समस्याका लागि पूर्वतयारी गर्न पनि सहजीकरणका लागि दूतावासले दूवै देशमा बस्ने नेपाली नागरिकहरुको अनलाईन रजिस्ट्रेसन सुरु गरेको छ । त्यसैले तल दिएको लिङ्क खोलेर अनलाईन रजिष्ट्रेसन फाराम भरी दूतावासको यस अभियानमा साथ दिनुहोला । भिसा भएका वा नभएका जुनसुकै अवस्थामा ईजरायल तथा साईप्रसमा रहेकालाई यो फाराम भर्न आग्रह गर्न चाहन्छौै । ईजरायलमा रहनुभएका केहि नेपालीहरुले हेलचेक्राई गरेर ईन्सुरेन्स नगरेको जानकारीमा आएकाले यथाशिघ्र ईन्सुरेन्स कम्पनीमा सम्पर्क गरी बीमा गर्न पनि आग्रह गर्दछौं । यस्तो विषम परिस्थितिमा अनेकन समस्या आईपर्न सक्ने हुनाले ‍‍‍‍‍‍एनआरएनए ईजरायल तथा साईप्रसलाई ति दुवै देशमा रहेका विभिन्न संघसंस्थाहरुसंग समन्वय गरी प्रतिकुल अवस्थामा पर्ने जुनसुकै स्थितिका लागि तयार रहन आग्रह गर्दछौं । र, ईजरायल तथा साईप्रसस्थित विभिन्न संघसंस्थाहरु तथा मिडियाकर्मीहरुलाई यो सूचनालाई यी देशमा रहनुभएका सम्पूर्ण नेपाली समक्ष पुराउनुहुन र फाराम भर्न नजान्नेहरुलाई सिकाएर सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौं । यसरी फारम भर्दा तपाइले प्रदान गरेको ब्यक्तिगत विवरण गोप्य र सुरक्षित रुपमा दूतावाससङग मात्रै रहने ब्यहोरा पनि जानकारी गराउछौ। डा। अन्जान शाक्य राजदूत तथा नेपाली राजदूतावास परिवार, तेल अबिब (कोहि नछुटौं, कोहि नदोहोरियौं । ) https://l.facebook.com/l.php?u=https%3A%2F%2Fil.nepalembassy.gov.np%2Femergency-registration-form%

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (4 भोटहरु, 5 मध्य औसत: 2.25)
Loading...