सिल्धुपाल्चोकको हेलम्बुमा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जनाको मृत्यु ।

अन्य

सिल्धुपाल्चोकको हेलम्बुमा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जनाको मृत्यु ।
अक्टुबर ११ काठमाडौँ :-सिन्धुपाल्चोकमा हेलम्बु यातायातको यात्रुबहाक बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।दुर्घट्नामा ६ जनाको घटनास्थलमै ५ जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको हो। शुक्रबार बिहान करिब १० बजे इन्द्रावती गाउँपालिका ९ सिपाटारबाट काठमाडौँ जाँदै गरेको बा २ ख २७१५ नम्बरको बस जिल्लाको इन्द्रावती गाउँपालिका ९ भोटसिपा तिखु मोडमा दुर्घट्नामा परेको प्रहरीले बताएको छ। दुर्घट्नामा परेका २५ जना घाइतेलाई उद्धार गरी धुलिखेल अस्पताल लगिएको छ। ठूलो संख्यामा मानवीय क्षति भएको आशंका गरिएको छ। घाइतेहरुको अवस्था गम्भीर भएकाले हेलिकोप्टरबाट उद्धार गर्ने पहल भइरहेको छ ।बसमा ७० बढी यात्रु सवार रहेको स्थानीयले जानकारी दिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...