लोक सेवा आयोगको विज्ञापनको बिरोधमा आदिबासी जनजाती समुदायको विरोध प्रदर्शन ।

अन्य

लोक सेवा आयोगको विज्ञापनको बिरोधमा आदिबासी जनजाती समुदायको विरोध प्रदर्शन ।
जुन ११ काठमाडौँ :- लोकसेवा आयोगको विज्ञापन संविधान मर्म र भावन विपरीत रहेको भन्दै आदिवासी जनजाति समुदायहरुले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा ‘समानुपाति समावेशी सिद्धान्तको भावना र मर्मविपरीत प्रकाशित लोकसेवा आयोगको विज्ञापन तुरुन्त खारेज गर, आरक्षण सुनिश्चित गरी पुनःविज्ञापन गर’ भन्ने नारासहित प्रदर्शन गरिएको हो । प्रदर्शनमा विभिन्न जातीय संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रदर्शनमा किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेपाल मगर संघ, नेवा देय दबू, तामाङ घेदुङ, तमू गुरुङ राष्ट्रिय परिषद, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायत संस्थाका प्रतिनिधि थिए । प्रदर्शनकारीहरुले ‘राज्य व्यवस्था समितिको निर्देशन पालना गर, संविधान प्रदत्त आरक्षण सुनिश्चित गर, गुठी विधेयक खारेज गर’लगायत नारा लेखिएको कागज छातीमा टाँसेर विरोध गरेका हुन् । महासंघका अध्यक्ष जगत बरामले महासंघको संयोजन र विभिन्न जातीय संस्थाहरुको आव्हान र सहभागितामा प्रदर्शन गरिएको बताए । उनले आयोगको विभेदकारी विज्ञापन खारेज नभएसम्म आन्दोनल गरिने बताए ।महासंघका पूर्वमहासचिव तथा आदिवासी नेता आङकाजी शेर्पाले नेपाल बहुजातीय मुलुकमा भएको तर विज्ञापन विभेदकारी भएकोले आन्दोलन गर्नुपरेको बताए । महासंघका उपाध्यक्ष गोविन्द छन्यालले आदिवासी जनजाति आन्दोलनले स्थापित गरेको अधिकार लोकसेवा आयोगले विस्थापित गर्न खोजेको बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...