पोखरामा गुरुङ समुदायले ट्होटें पर्व भब्य रुपले मनाए।

अन्य

चैत २९ फिष्टेल न्यूज पोखरा- तमु समुदायको ऐतिहासिक पर्व दिपेन चैत्रको अन्तिम मंगलवार तमु धिं नेपालको आयोजनामा भब्यताका साथ मनाएका छन् । वर्षमा दुई पटक चैत्र र साउनको अन्तिम मंगलवार तमु समुदायले मनाउदै आएको ट्होटें पोखरामा यस बर्ष तमु धिं नेपालको अगुवाईमा सामुहिक रुपमा पोखरासभा गृहमा भेला भई मनाएको छ।यस कार्यक्रममा विभिन्न समाज र टोलबाट ट्होटें र्‍याली विभिन्न झाँकी, बाजागाजा,साँस्कृतिक प्रस्तुतिसहित मौलिक भेषभुषमा सहभागी भै सभागृहचोक, लखनचोक, नयाँबजार हुदै तमु धिं नेपालको प्राङ्गणमा एक भब्य समारोहका साथ विविध कार्यक्रम गरी ट्होटें मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, विशेष अतिथि पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले प्रकृति र पितृको नाउमा धुप हाली प्रारम्भ गरेका थिए ।ट्होटेंमा आयोजित र्यालीमा बगर तमु समाज प्रथम, चिउली पार्चे तमु समाज दोस्रो, तनहँु तमु समाज तृतिय हुदै ३० हजार, २० हजार र १० हजार सहित ट्रफीबाट पुस्कृत भए ।तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मुल्यांकन समितिका संयोजक वरिष्ठ उपाध्यक्ष सु.मे.श्रीप्रसाद गुरुङले र्‍यालीमा उत्कृष्ठताको घोषणा र महासचिव जुनाकुमारी गुरुङले कार्यक्रम संचालन गरेकी थिइन् ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...