नया बर्ष २०८१को अवसरमा नेपाल मगर संघ शाखा इजरायलले इजरायलमा ”सांगीतिक साँझको आयोजना गर्ने।

अन्य

माघ २० फिष्टेल न्यूज तेल अभिव,इजरायलमा नेपाली नया बर्ष २०८१ सांगीतिक साँझको आयोजना गरि भब्य रुपले मनाउने भएको छ ।सो सांगीतिक सांझको आयोजना नेपाल मगर संघ शाखा इजरायलले गर्ने भएको छ।कार्यक्रममा नेपालबाट आमन्त्रित लोकप्रिय कलाकारहरुको उपस्थित रहने संघका अध्यक्ष सुर्य बहादुर राना मगरले हामीलाई जानकारी दिनु भएको छ ।सांगीतिक साँझ २०८१ को तयारी तिब्र रुपमा गर्दै जाने, स्थान र कलाकारहरु इजरायलबासीहरुको चाहना र इच्छा अनुसार हुने पनि अध्यक्ष रानाले विश्वास दिलाउनु भएको छ । स्मरण रहोस नेपाल मगर संघ शाखाले स्थापना काल देखि नै यस्ता विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ ।संघले नेपालमा मगर समुदायको हक हितको लागि विभिन्न कार्यक्रमहरु /योजनाहरु गर्नुका साथै मगर ढुट बिकासको लागि संघको लगानीमा कार्टुन मुबीमा काम भईरहेको छ ।नया बर्ष २०८१ को उपलक्ष्यमा हुने सो सांगीतिक साँझको लागि सम्पूर्ण इजरायलबासी ,सङ्गीत प्रेमी तथा संघ ,सस्थाहरुमा मगर संघ शाखा इजरायलको तर्फबाट अर्को कार्यक्रम नगरिदिन अनुरोध पनि गर्नु भएको छ ।संघले नया बर्ष २०८१ को शुभकामना आदानप्रदान तथा तथा सांगीतिक साँझमा इजरायलमा रहनु हुने नेपाली /नेपाली भाषी सम्पूर्णलाई सहभागी गराउनुका साथै भब्य मनोरंजनको अवसर प्रदान गर्ने लक्ष्य रहेको पनि संघले जानकारी दिनु भएको छ ।कलाकारहरु र स्थानको जानकारी केहि दिनमा निश्चित भए पछि जानकारी गराउने भएको छ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...