लकडाउनमा रिलायबल नेपालले तेस्रो बार्षिकोत्सव यसरी मनायो

अन्य    देश    व्यापार

लकडाउनमा रिलायबल नेपालले तेस्रो बार्षिकोत्सव यसरी मनायो
१५ भदौ, स्याङ्जा । रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो सफल तेस्रो बर्ष पूरा गरेको छ । सोही अवसरमा रिलायबल नेपाल लाईफ स्याङ्जा शाखा कार्यालयले आफ्नो तेस्रो वार्षिकोत्सब बिगतमा भन्दा फरक तरिकाले मनाएको छ । कोभीड १९ को कारण देश पुर्ण रुपमा बन्दाबन्दीको अवस्थामा छ। यद्यपि त्यसलाई मध्यनजर गरि सामाजिक दुरि कायम राख्दै स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङगाको उत्तरबाहिनीमा कालीगण्डकी ज्ञानबिज्ञान प्रतिस्ठान तथा ग.न.पा. ११ पाखिचौरमा अवस्थित निम्बार्क सत्संग आश्रममा पुगि बालबालिका तथा बृद्धहरुलाई मास्क ,सेनिटाइजर तथा फलफुल बितरण गरि कार्यक्रम मनाएको थियो । कार्यक्रममा स्याङ्जा शाखा प्रमुख नारायण अधिकारी सिनियर एजेन्सी म्यानेजर रामप्रसाद सापकोटा ,हरि प्रसाद अधिकारी ,शुभाष शर्मा ,बोधराज थापा र कुमार गुरुङ तथा अभिकर्ता साथीहरूको उपस्थितमा कालीगण्डकी ज्ञानविज्ञान् अध्यक्ष चैतन्य कृष्ण महाराज र निम्बार्क सत्संग आश्रमका गुरु रोमणी शरण देवलाई उक्त सामाग्री हस्तान्तरण गरिएको थियो । हस्तान्तरण गरिएको सामाग्री ग्रहण गर्दै संस्थाका गुरुहरुले रिलायबल नेपाल लाईफ इन्स्योरेन्स प्रती आभार प्रकट गर्दै खुशी व्यक्त गर्नुभएको थियो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...