नेपाल मगर संघ शाखा इजरायलले नवौ बार्षिक उत्सव तथा पाँचौ अधिबेशन नेपालका उत्कृष्ठ कलाकारहरु साथमा भब्य रुपले मनाउने।

अन्य

चैत २७ तेल अभिव दिपेन गुरुङ ,नेपाल मगर संघ शाखा इजरायलले नवौ बार्षिक उत्सव तथा पाँचौ अधिबेशन भब्य रुपले मनाउने भएको छ। मगर समुदायको भेषभुषा भाषा,धर्म,भेषभुषा,कला संस्कृति,पहिचान र परम्परालाई संरक्षण सम्बर्द्धन जगेर्ना तथा प्रचार प्रसार गर्ने उद्धेश्यले सन् २०१३ मा इजरायलमा स्थापना भएको नेपाल मगर संघ इजरायल शाखाको पाँचौ अधिबेसन साथै नवौ बार्षिक उत्सव तथा नेपाली सांगीतिक साँझ जुलाई १५ मा नेपालका उत्कृष्ठ राष्ट्रिय कलाकारहरुको साथमा मनाउन लागिएको आयोजकले जनाएको छ।को कस्तो कलाकारहरुको उपस्थिति रहन्छ भन्ने प्रश्नको राख्दा नेपालको एक चिरपरिचित ,इजरायलबासीको रोजाईको कलाकार आउने, स्थान र कलाकारहरुको बारेमा निकट भविस्यमै अवगत गराउने पनि आयोजकले जानकारी दिनु भएको छ। यसको सम्पूर्ण तयारि तथा नेपालबाट पाल्नु हुने कलाकारहरुको भिषाको लागि आवस्यक कदम(कागज पत्र ) चालिएको पनि आयोजकले टेलिफोन मार्फत जनाएको छ। यस मनोरन्जनात्मक इतिहासिक कार्यक्रममा उपस्थित भै दिनु हुन पनि इजरायलबासी नेपाली भाषी तथा सम्पूर्ण मगर समुदायमा हार्दिक अनुरोध गरिएको छ। नेपाल मगर संघ शाखा इजरायलले गएका बर्षहरुमा पनि यस्ता कार्यक्रमहरु भब्य रुपले मनाउदै आइरहेको छ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...