छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

अपराध

छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ
१७ भदौ, काठमाडौं । सात वर्षीय छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय व्यक्ति छन् । महानगरीय प्रहरी वृत्त, बानेश्वरले मंगलबार साँझ उनलाई पक्राउ गरेको हो । पीडितको परिचय खुल्ने भएकाले पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन । बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार आमाले जबरजस्तीकरणी सम्बन्धी कसूरमा किटानी जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान थालिएको छ । उनले भने, ‘बुधबार जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गर्दैछौं ।’ प्रहरीका अनुसार बालिकाले यौनाङ्ग दुख्यो भनेपछि आमाले उपचारका लागि अस्पताल लगेकी थिइन् । त्यसक्रममा बाबुले सात महिनादेखि पटकपटक बलात्कार गर्ने गरेको खुलेको प्रहरीको भनाइ छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...