युएईमा आइतबार थप – ५३६ जना कोभिड – १९का नयाँ संक्रमित भेटियो।

स्वास्थ्य

युएईमा आइतबार थप – ५३६  जना कोभिड – १९का नयाँ संक्रमित भेटियो।
एप्रिल २६ मनु कोंमे तमु युएई :-युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयका अनुसार ३५,००० भन्दा बढी नागरिक र बासिन्दाहरुको बिच कोभिड - १९ को परिक्षण गर्दा २६ अप्रील २०२० आइतबार कोरोना भाइरसको - ५३६ जना नयाँ संक्रमित भेटिएको छ भने थप भेटिएका नयाँ संक्रमित सहित हाल सम्म युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या - १०, ३४९ जना पुगेको छ । त्यसैगरी युएईमा कोभिड - १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् - ९१ जना पुर्णरुपमा निको भएका छन। हाल सम्म युएईमा उपचार पश्चात् संक्रमित भएका व्यक्तिहरु - १,९७८ जना पुर्णरुपमा निको भइसकेका छ्न। कोभिड - १९ कोरोना भाइरस बाट संक्रमित भएका थप - ५ जनाको मृत्यु भएको छ । संक्रमित भइ मृत्यु हुने दीर्घकालीन रोग बाट पीडित भएका कारण मृत्यु भएका हुन भने हाल सम्म युएईमा कोरोना भाइरस बाट संक्रमित भइ मृत्यु हुनेको संख्या - ७६ जना पुगेको युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालय जनाएको छ। युएई स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनता लाई स्वास्थ्यकार्मी संग सहाकर्य गर्न र सबै सुरक्षा उपायहरु,बिशेष गरि सामाजिक दुरि प्रोटोकलहरुको पालन गर्न आम जनताको सुरक्षा र सुरक्षा सुनिश्चित गर्न आह्वान समेत गरेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...