राजधानीमा बर्ड फ्लुको संक्रमण देखियो |

स्वास्थ्य

मे २६ काठमाडौँ :- केही दिनअघि चितवनमा देखिएको बर्डफ्लु संक्रमण काठमाडौंमा पनि देखिएको छ ।काठमाडौंको तारकेश्वर नगरपालिकाअन्तर्गत धर्मस्थलीमा हाँस र कुखुरामा बर्डफ्लु देखिएको हो ।सानो खोरमा पालिएका कुखुरा र हाँसमा बर्डफ्लु फेला परेको पुष्टि भएपछि शुक्रबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा खटाएको थियो । महाशाखाका अनुसार तारकेश्वरका हिरा तामाङले पालेको हाँसमा बर्डफ्लु भेटिएको हो ।तामाङले पालेको हाँस र कुखुरा नष्ट गरिएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...