५ लाख ३० हजार घूससहित इन्जिनियर पक्राउ

अपराध

५ लाख ३० हजार घूससहित इन्जिनियर पक्राउ
१५ भदौ, बुटवल । प्रदेश ५ को भौतिक पूर्वाधार विकास कार्यालय नेपालगन्जका कार्यालय प्रमुख डिभिजन सिनियर इन्जिनियर मनीषकुमार अर्याललाई अख्तियारले पक्राउ गरेको छ । प्रदेश ५ को भौतिक पूर्वाधार मन्त्रालय बुटवलमा कामको सिलसिलामा आएका कार्यालय प्रमुख अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले नगद ५ लाख ३० हजार रकमसहित आइतवार साँझ पक्राउ गरेको हो । कार्यालय प्रमुख अर्यालले ठेकेदारबाट रकम बुझेको भन्ने सूचनाको आधारमा पक्राउ गर्दा स्रोत नखुलेको उक्त नगद रकमसहित मन्त्रालयबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख डा. भीष्मकुमार भुसालले बताउनुभयो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...