हेमबहादुर त्होर्जे तमु अक्षय कोष बितरण गरिदै ।

मूलबासि /भूमिपुत्र

हेमबहादुर त्होर्जे तमु अक्षय कोष बितरण गरिदै ।
फागुन १७ फिस्टेल न्युज पोखरा :-तमु जातिको खेगी ( पुरोहित ,पण्डित ) चेला प्रशिक्षणका लागि पुर्ब प्रहरी महानिरीक्षक हेमबहादुर त्होर्जे तमु द्वारा स्थापित " तमु खेगी चेला प्रशिक्षण अक्षय कोष " अगामी चैत ५ गते पोखरामा बितरण गर्ने भएकोछ । तमु प्ये ल्हु संघ केन्द्रिय समितिले संचालन गर्ने गरि पुर्ब प्रहरी महानिरीक्षक ( आइ जि पि ) हेमबहादुर गुरुङले स्थापना गरिदिनुभएको २ लाख ५१ हजार रुपैयाँको मुलधनबाट प्राप्त बार्षिक ब्याजबाट अक्षयकोष प्रदान गरिने संघका अध्यक्ष हितकाजी टु तमुले बताउनुभयो . तमु प्ये ल्हु संघ केन्द्रिय समितिले हरेक बर्षको चैत पहिलो मंगलवार मनाउदै आएको प्युरु/ म्होसी / ज्योटे त्हे ( पुजा ) को अवसरमा यो बर्ष चैत ५ गते मनाउने भएको र सोही शुभदिनमा उक्त अक्षयकोष बितरण गर्न गइरहेको स्रोतले जनाएको छ । संघका सहसचिव लोकेन प्हच्यु तमुका अनुसार खेगी प्ये ( शास्त्र ) सिकेर आएका चेला वा सिकाउने सस्थालाइ उक्त अक्षयकोषबाट सम्मानित गरिने लक्ष्य तमु प्ये ल्हु संघको रहेकोे छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...