अस्पतालबाट भागेका कोरोना संक्रमित नुवाकोटमा पक्राउ

अपराध    स्वास्थ्य

अस्पतालबाट भागेका कोरोना संक्रमित नुवाकोटमा पक्राउ
१० भदौ, भरतपुर । चितवनको भरतपुर अस्पतालवाट भागेका १९ वर्षीय कोरोना संक्रमित  पक्राउ परेका छन् । उनलाई बुधबार विहान नुवाकोट बेलकोटगढी-५ स्थित नेपाल प्रहरीको चेकिङका क्रममा पक्राउ गरिएको हो । उनी साइकलमा जाँदै गर्दा पक्राउ परेका हुन् । उनलाई नुवाकोटमा नै आइसोलेसनमा राख्न समन्वय भइरहको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए । चोरीको  आरोपमा पक्राउ परेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी मंगलबार बिहान त्यहाँबाट भागेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...