कोरोनाबाट ७ जनाको मृत्यु, ७४३ संक्रमित थपिए

देश    स्वास्थ्य

कोरोनाबाट ७ जनाको मृत्यु, ७४३ संक्रमित थपिए
८ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । काठमाडौंका २ जना, सुनसरी, मोरङ, पर्सा, सिराहा, धनुषा र रुपन्देहीका एकएक जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १६३ पुगेको छ । पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । उनीहरुमध्ये १८ हजार ८०६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७५ जना डिस्चार्ज भएका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...