तमु समाज इजरायलको नवौ अधिबेशन जुलाई १६ मा तेल अविवको लुमि पार्कमा हुने।
मूलबासि /भूमिपुत्रजून २६ तेल अभिव फिष्टेल न्यूज। “प्ये म्हस्याँ छ्या म्हमु ,छ्या म्हस्याँ ल्हु म्हमु,ल्हु म्हस्याँ म्हि म्हमु “तमू समुदायको मौलिक भाषा,भेषभुषा कला ,संस्कार ,संस्कृतिक र पहिचानलाई जगेर्ना गर्ने र प्रवासी भूमिमा रहेका तमुहरुलाई एकता र जागरुग गराउने राख्ने उदेश्यले सन् २००६ मा स्थापित तमू समाज इजरायलको नवौ अधिबेशन हुने भएको समाजका महासचिव शान्ति तमुस्योले फिष्टेल न्यूजलाई बताउनु भएको छ। सो कार्यक्रम आउँदो जुलाई १६ २०२१ शुक्रबार साँझ ७ :०० बजे तेल अभिव स्थित लुमि पार्क रमतगानमा हुने भएको छ। उक्त कार्यक्रममा उपस्थित हुनको लागि इजरायलमा कार्यरत सम्पूर्ण इजरायलवासी तमू तथा गैरतमू नेपाली दाजु-भाइ तथा दिदीबैनीहरुमा तमु समाज इजरायल द्वारा हार्दिक निमन्त्रणा गरिएको छ।
कार्यक्रम:-
मिती :-१६ जुलाई २०२१ (शुक्रबार )
समय - साँझ ७ :०० बजे
स्थान - लुमि पार्क (तेल अभिव )
![](http://fishtailnews.com/wp-content/uploads/2021/06/204156280_1437234146639968_1732399590669815661_n.jpg)