सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई काठमाडौं महानगरपालिकाले २ करोड रुपैयाँसहयोग गर्ने |
अन्यजून १७ काठमाडौँ :-सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई काठमाडौं महानगरपालिकाले २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।महानगरका मेयर विद्यासुन्दर शाक्यले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् ।
उक्त रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि खर्च गर्नका लागि दिइने मेयर शाक्यले बताएका छन् । हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको कारण पनि महानगरले सहयोग गरेको उनले बताएका छन् ।मंगलबार राति पहिरोले थुनिएको मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका धेरै ३ र डुवानमा परेको छ र सयौं मानिस घरबारविहीन भएका छन् । बाढीले सडक, पुललगायतका सार्वजनिक संरचनामा पनि क्षति पुर्याएको छ ।