इजरायलमा सोनाम ल्होछार सास्कृतिक साझ तथा मंजुश्री संवत २०७८ भब्य रुपले सम्पन्न ।

अन्य

फेब्रअरी ०७ तेल अभिव फिष्टेल न्यूज,नेपाल तामाङ घेदुङ, इजरायलको आयोजनामा सोनाम ल्होछार सास्कृतिक साझ नेपाली राष्ट्रिय पर्व मंजुश्री संवत २०७८ भब्य रुपले सम्पन्न भएको छ । प्रवासमा रहेर पनि आफ्नो धर्म, भाषा,भेषभुषा लिपी, कला, साहित्य, संस्कार, संस्कृति,चाड, पर्व, रिमठिम परम्परा आदिको संरक्षण सम्बर्द्धन गर्ने उदेश्यले इ. स. २०१० मा स्थापना भएको तामाङ घेदुङ, इजरायलले प्रत्येक बर्ष ल्होछार पर्व भब्य रुपले मनाउदै आइरहेको छ ,यस बर्षको लोछार शब्य र भब्य रुपमा सम्पन्न गराउन वरिष्ठ उपाध्यक्ष एलिजा दोङ तामाङको संयोजकत्वमा समिति गठन गरिएको थियो । तामाङ घेदुङ, इजरायलकिअध्यक्ष पेमा लामा पाख्रिन तामांगको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि राजदुतावासको तृतीय सचीव प्रदिप सागर गिरी , बिशिस्ट अतिथी नेफिनको अध्यक्ष मिङमार शेर्पा,बिशेष अतिथि धर्म गुरु थुप्तेन लामा तामाङ ,बिशेष अतिथि NRNA NCC इजरायलका अध्यक्ष गणेश गिरी तथा विभिन्न जातीय ,राजनैतिक सामाजिक संघ सस्थाहरु का अध्यक्ष तथा प्रतिनिधिको रुपमा उपस्थित रहनु भएको थियो ।सामुहिक रुपमा सभापति ,प्रमुख अतिथि ,बिशिस्ट अतिथी,बिशेष अतिथिहरुबाट दिप प्रज्वल्लन गरि शुरु भएको कार्यक्रममा नेपाली राष्ट्रिय गीतबाट ,पुर्व अध्यक्ष एवं संरक्षक परिषदका सदस्य सुन्दर सिंह योन्जन तामाङको आफ्नै रचनाको गित र नृत्य आकर्षक रहेको थियो । स्वागत मन्तव्य सस्थाका उपाध्यक्ष मदन नेगि तामाङले गर्नु भएको थियो भने पुर्व अध्यक्ष एवं संरक्षक परिषदका सदस्य तथा अन्तरास्ट्रिय तामाङ परिषदका सदस्य बि बि योन्जन तामाङले मन्तब्य दिनु भएको थियो ।यसै गरि प्रमुख अतिथि ,बिशिस्ट अतिथी,बिशेष अतिथिहरुले पनि ल्होछारको शुभकामना दिनुभएको थियो ।
बुद्द धर्म गुरु थुप्तेन लामा तामाङ बाहुल्यतामा बौद्ध परम्परागत विधिवद्ध संस्कृतिक( पुजापाठ) गरिएको थियो भने, स्थानीय कलाकार गायक गायीकाहरु सिताकुमारी घिसिङ ,लक्ष्मी गडतौला (बास्कोटा), दुर्गा बि. सि., सुर्य राना मगर, डम्बर गुरुङ, अञ्जु मोक्तान,प्रयाक थिङको प्रस्तुतिले दर्शकलाई नचाए भने तामंग कलाकारहरुको पहिचान बोकेको म्हेंदो माया नृत्यले भब्य मनोरञ्जन गरे ।कार्यक्रम संयोजक वरिष्ठ उपाध्यक्ष एलिजा दोङ तामाङ तथा कार्यक्रम सभापति सस्थाका अध्यक्ष तथा कार्यक्रम सभापतिले शुभकामना सहित सम्पुर्णलाई उपस्थितिको लागि धन्यवाद दिनु भएको थियो ।कार्यक्रम महासचिव निङ्मा घिसिङ तामाङ र उप महासचिव कुमारी गल्देन तामाङले संचालन गर्नु भएको थियो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...