इजरायलमा”माघे सक्रान्ति”पर्व तेल अविभमा भोलि मनाउदै,गरिमामय उपस्थितिको लागि आयोजक सस्था मगर संघ इजरायलको अनुरोध |

अन्य

जनवरी १८ तेल अविभ :- नेपाल मगर संघ इजरायलले बिगतको बर्षहरुमा झै यस वर्ष पनि आफ्नो मौलिक चाड'' माघे सक्रान्ति २०१८''पर्व -१९ जनावरी २०१८ शुक्रबारको दिन तेल अभिवको तखाना मर्कजी तेस्रो तलाको एभेरेस्ट हलमा भब्य रुपमा मनाउने भएको छ। कार्यक्रमको अवस्यक तयारी पुरा भएको नेपाल मगर संघका प्रथम उपाध्यक्ष तथा ''माघे सक्रान्ति २०१८''का कार्यक्रम संयोजक लिला थापा मगरले फिष्टेल न्यूजलाइ बताउनु भयो।वहाले इजरायलको (यहाको) काम र छुट्टीको समयानुकुल भोलि माघ ५ गते मनाउना लागिएको बारे हामीलाई बताउनु भयो |

उक्त कार्यक्रममा रात्री भोजको साथमा विभिन्न मगर सस्कृतिमा आधारित मनोरन्जनका कार्यक्रमहरुको साथमा स्थानीय कलाकारहरुको धमाकादार प्रस्तुति रहने भएको छ । इजरायलका विभिन्न ठाँउमा कार्यरत मगर तथा गैरमगर दाजुभाइ दिदीबहिनीहरु, सामाजिक, धार्मिक ,जातीय संघसस्था, बुद्धिजीवी बर्ग अन्लाईन पत्रकार /मिडियाकर्मीहरु सबैमा गरिमामय उपस्थितिको लागि मगर संघ इजरायलद्वारा हार्दिक अनुरोध गरिएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...