युएईमा कोभिड – १९ को नयाँ संक्रमित ८९४, संक्रमित संख्या २६,८९८ र संक्रमित ४ जनाको मृत्यु ।

विदेश

युएईमा कोभिड – १९ को नयाँ संक्रमित ८९४, संक्रमित संख्या २६,८९८  र संक्रमित ४ जनाको मृत्यु ।
मे २१ मनु कोंमे तमु युएई :-युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ४२,००० नागरिक र बासिन्दाहरु बिच परिक्षण गरेको परिणाम अनुसार बिश्वब्यापी रुपमा महामारी फैलिरहेको कोभिड - १९ कोरोना भाइरसको संक्रमण बाट २०२० मे २१ तारिख बिहीबार ८९४ जना नयाँ संक्रमितको पुष्टि भएको छ। संक्रमित सबै स्थिर अवस्थमा रहेको छ। नयाँ संक्रमित सहित युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या २६,८९८ जना पुगेको छ। युएईमा कोभिड - १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् ९४६ जना पुर्णरुपमा निको भएका छन।हाल सम्म उपचार पश्चात् संक्रमित भएका १२,७५५ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार गराइ रहेका थप ४ जनाको मृत्यु भएको छ । मृत्यु भएका पहिलेको दीर्घकालीन रोग बाट ग्रासित भएका कारणले मृत्यु भएको हो। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या २३७ जना पुगेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ। युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनतालाई सबैको स्वास्थ्य सुरक्षाको लागि निर्देशिकाहरु र सम्बन्धित प्राधिकरणको निर्देशनहरु पालना गर्न आग्रह गरेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...