गोर्खा भुपु सैनिक सांझ २०१९ हङकङमा भव्यताका साथ सम्पन्न।

विदेश

गोर्खा भुपु सैनिक सांझ  २०१९ हङकङमा भव्यताका साथ सम्पन्न।
जुलाई ३१ हंगकंग :-नेपालमा रहेका आपाङ्गहरुको सहयोगार्थ भारतीय गाेर्खा भुतपुर्व सैनिक संघ हङकङको अायाेजनामा २८ जुलाई २०१९ मा भएको पाँचौं प्रस्तुति "भारतीय गाेर्खा भुपु साँझ - २०१९" हङकङ मा भव्यता साथ सम्पन्न भएको छ। उद्घाटन कार्यक्रमका अध्यक्षता संघका अध्यक्ष मन प्रसाद गुरूङले गर्नु भएको थियोे भने प्रमुख अतिथि मिलन फाउन्डेसन नेपालका संरक्षक , मिलन डि.जि इन्टरनेशनल प्रा.ली का अध्यक्ष एवं पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरूङ (मिलन ) रहनु भएको थियो। कार्यक्रममा हङकङमा रहेका विभिन्न संघ संस्थाका प्रमुख र प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।उक्त कार्यक्रम भव्यरुपमा सम्पन्न गराउनको लागी संयोजक काजी गुरुङ रहेको थियो । उद्घाटन कार्यक्रम संचालन संघका सचिव चन्द्र बहादुर पुनले संचालन गर्नु भएको थियोे भने संस्कृतिक कार्यक्रम देव राज राई र जीवन बिष्टले संचालन गर्नु भएको थियोे । कार्यक्रम भब्य र सभ्य रूपले सु-सम्पन्न गराउनको लागि नेपाल बाट अामन्त्रित अथिती कलाकारहरू गायक तथा सर्जक राजन राज सिवाकोटी , गायिका मिलन अामात्य , लाेक दाेहाेरी गायिका मनमाया वाेईबा , लाेक दाेहरी गायिका काजल गुरूङ , नृत्याङ्गना एंव माेडल जेनिता मगर , गायक अाेम गुरूङ , लाेक दाेहाेरी गायक बल बिक्रम थापा ,कार्यक्रम प्रस्ताेता जीवन बिष्ट र पब्लिक स्पिकर सिजन - २ का बिजेता रमेश प्रसाईंको उपस्थितिको साथ बिशेष प्रस्तुति रहेको थियो भने स्थानीय कलाकारहरु संस्थाका सदस्यहरू कस्मिना गुरूङ , मनिस गुरूङ र प्रतिक्षा गुरूङकाे दम्दार बेजोड प्रस्तुति रहेको थियो। हङकङको बिग्रदो परिस्थितिमा पनि "भारतीय गाेर्खा भुपु साँझ - २०१९" भब्य र सभ्य रूपले सफल बनाउन साथ र सहयोग गर्नु हुने सम्पूर्ण संघका सदस्य लगायत दर्शकहरूलाई भारतीय गाेर्खा भुतपुर्व सैनिक संघ हङकङले धन्यवाद समेत ज्ञापन गरेको छ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...