अन्तराष्ट्रिय कलाकार मंच इजरायलको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

विदेश

अन्तराष्ट्रिय कलाकार मंच इजरायलको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।
अक्टुबर १४ फिष्टेल न्युज तेल अभिव :- कलाकार मंच इजरायल (शाखा) द्धारा आयोजना गरिएको हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशै तथा मोहनी नख: पर्वको पावन अवसरमा " शुभकामना आदन प्रदान "कार्यक्रम भब्य रुपले सम्पन्न भएको छ ।तेल अभिवको यार्कों पार्कमा सस्थाका कादम्बरी दाना श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि NRNA NCC इजरायलकी अध्यक्ष श्री शान्ता अधिकारी ज्ञवाली ज्यु, विशेष अतिथी नेपाल आदिवासी जनजाती महासंघ इजरायलकी वरिष्ठ उपाध्यक्ष श्री पेम्बा डोल्मा ह्योल्मो साथै इजरायलका विभिन्न संघ /सस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिति रहेका थिए । कार्यक्रममा दशै भोज BBQ, सांस्कृतिक कार्यक्रम तथा "नृत्य अवार्ड २०१९" कार्यक्रमको आयोजना गरिएको थियो । अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखा परिवारले प्रवासी भुमि इजरायलमा रहेर पनि आफुमा भएको प्रतिभालाई प्रस्फुटन गर्दै विश्व भरी चिनाउने उद्देश्य राखी ''खुल्ला अनलाइन नेपाली सोलो नृत्य २०१९'' प्रतियोगिताबाट प्रथम, दित्तिय र तृतीय स्थान हासिल गर्नुभएको कलाकार ज्युहरु श्री स्वयम सुब्बा, श्री स्वस्तिका श्रेष्ठ , श्री खुशी निकु नगद ,अवार्ड ,प्रमाण पत्र मेडल प्रदान गरिएको थियो ।सो प्रतियोगितामा १० जना प्रतियोगीहरुले भाग लिएका थिए भने निर्णायकको भूमिका कोरियोग्राफर सुनिल छेत्रीले निभाउनु भएको थियो । कार्यक्रमका संयोजक तथा सस्थाका बरिष्ठ उपाध्यक्ष अनिल सिङ्ग राज पुतले स्वागत मन्तब्य,प्रमुख अतिथी NRNA NCC इजरायलकी अध्यक्ष श्री शान्ता अधिकारी ज्ञवाली ,बिशेष अतिथी नेपाल आदिवासी जनजाती महासंघ इजरायलकी वरिष्ठ उपाध्यक्ष श्री पेम्बा डोल्मा ह्योल्मो ज्युहरुले शुभकामना सहित मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रम सभापति तथा सस्थाका अध्यक्ष कादम्बरी दाना श्रेष्ठले सहयोग गर्नु हुने सबैलाई शुभकामना सहित धन्यवाद दिनु हुँदै कार्यक्रम समापन गर्नु भएको महासचिव युनिका गुरुङ तथा राज लिम्बुले संचालन गर्नु भएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 1.00)
Loading...