युएईमा नया संक्रमित ८७३ पुष्टि ,संक्रमित संख्या २५०६३ पुग्यो।

विदेश

युएईमा नया संक्रमित ८७३ पुष्टि ,संक्रमित संख्या २५०६३ पुग्यो।
युएईमा कोभिड - १९ को नयाँ संक्रमित ८७३, संक्रमित संख्या २५,०६३ र संक्रमित ३ जनाको मृत्यु । युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ३८,००० नागरिक र बासिन्दाहरु बिच गरेको परिक्षणको परिणाम अनुसार बिश्वब्यापी रुपमा महामारी फैलिरहेको कोभिड - १९ कोरोना भाइरसको संक्रमण बाट २०२० मे १९ तारिख मंगलबार ८७३ जना नयाँ संक्रमित भेटिएको छ। भेटिएका संक्रमित स्थिर अवस्थमा रहेको छ। नयाँ संक्रमित सहित युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या २५,०६३ जना पुगेको छ। युएईमा कोभिड - १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् १,२१४ जना पुर्णरुपमा निको भएका छन।हाल सम्म उपचार पश्चात् संक्रमित भएका १०,७९१ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार गराइ रहेका थप ३ जनाको मृत्यु भएको छ । मृतकहरु पहिलेको दीर्घकालीन रोग बाट ग्रासित जटिलताका कारण मृत्यु भएको हो। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या २२७ जना पुगेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ। युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनतालाई स्वास्थ्य अधिकारीसँग सहकार्य गर्न र सबै सावधानीका उपायहरू, विशेष गरी सामाजिक दूरी प्रोटोकलहरूको पालना गर्न आम जनताको सुरक्षा र सुरक्षा सुनिश्चित गर्न आह्वान समेत गरेको छ। युएई सरकारले बुधवार २० मे तारिख २०२० देखि लागु हुनेगरी बेलुकी ८ बजे देखि बिहान ६ बजेसम्म आवात जावतमा कडाई गर्नेगरी समयमा हेरफेर गरेको छ । यस अघि बेलुकी १० बजे बिहान ६ बजेसम्म आवतजावतमा कडाइ गरेको थियो । ईस्लामिक धर्मावलम्बीहरुको रामादान शुरु भएदेखी सपिंग सेन्टरहरु बिहान ९ बजे देखी बेलुकी ७ बजेसम्म दैनिक खुलिरहेको छ। मलहरुमा जानको लागी ६० बर्ष माथिका बृद्द, गर्भवती र १२ बर्ष मुनीका बच्चाहरुलाई प्रतिबन्ध लगाएको छ।

युएई सरकारले नियम उल्लंघन गरेमा जरिवाना सम्बन्धी नयाँ क़ानून ल्याएको छ।

# भेला गरेर पार्टी आयोजना गरेमा १० हज़ार दिराम जरिवाना ।

# पाहुना भएर पार्टी खान गएमा ५ हज़ार दिराम जरिवाना ।

# कारमा ३ जना भन्दा बढी चढाएमा ३ हज़ार दिराम जरिवाना।

# प्रतिबन्धित समयको उल्लंघन गरेर हिँडडुल गरेमा ३ हज़ार दिराम जरिवाना ।

# रेष्टुरेन्ट र मलहरुमा २ मीटर दुरी कायम नगरेमा ३ हजार दिराम जरिवाना ।

# अफिसमा मास्क नलगाएमा कामदारलाई ५ सय र कम्पनीलाई ५ हजार दिराम जरिवाना तिर्नु पर्ने भएको छ।

त्यसैगरी कोरोना भाइरसको परिक्षण गरि पोजिटिभ देखिएको छ र यी नियमहरु उल्लंघन गरेमा जरिवाना लाग्ने भएको छ।

# होम क्वारेन्टाईनमा बसेको बखतका नियम उल्लंघन गरे ५० हज़ार दिराम जरिवाना ।

#तपाईंलाई पोजिटिभ आएको छ र स्मार्ट फोनमा एप्स डाउनलोड नगरी ट्र्याकिंग सिस्टममा बस्नु भएन वा मोबाईल बोक्न भुल्नु भो भने १० हज़ार दिराम जरिवाना ।

# निकायले दिएको डिभाईस वा एप्स टेम्परिंग गर्नुभो भने २० हज़ार दिराम जरिवाना ।

# कोरोना परिक्षण गर्न मान्नु भएन भने ५ हज़ार जरिवाना # दुई हप्ता पछि पुनः चेक गर्नु भएन भने १ हज़ार जरिवाना तिर्नु भएको छ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...