इजरायलका लागि नेपाली राजदुत डा अञ्जान शाक्य ”एम्बेस्डर अफ दि एयर -२०१९ ”बाट सम्मानित।

विदेश

इजरायलका लागि नेपाली राजदुत डा अञ्जान शाक्य ”एम्बेस्डर अफ दि एयर -२०१९ ”बाट सम्मानित।
मे २४ तेल अभिव :-इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘एम्बेस्डर अफ एयर–२०१९’ बाट सम्मानित भएकी छन् ।एम्बेसडर क्लब अफ इजरायलले महामहिम नेपाली राजदूत शाक्यलाई उत्कृष्ट राजदूतका रुपमा उक्त सम्मान दिने निर्णय गरेको हो । सम्मान इजरायलको स्वतन्त्रता दिवसका अवसर पारेर प्रदान गरिने जनाइएकाे छ ।‘एम्बेसडर क्लब अफ इजरायल’का निर्देशक समितिले इजरायलमा रहेका ९० कूटनीतिक नियोगबाट शाक्यलाई छनोट गरिएको जनाएको छ । उनले नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ बनाउन योगदान गरेकाले शाक्यको पक्षमा मत जाहेर गरेको उल्लेख गरे ।सो अवसरमा कुटनीतिक नियोगका प्रमुख, इजरायली अधिकारीहरू, राजदूत क्लबका सदस्यहरू र मिडियाका प्रतिनिधिहरूको उपस्थिति थियो । उक्त अवार्डबाट सम्मानित हुने डा. शाक्य एसियाकै पहिलो राजदूत हुन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...