नेपाल मगर संघ शाखा इजरायलले छैठौ बार्षिक उत्सव भब्य रुपले सम्पन्न ।

विदेश

नेपाल मगर संघ शाखा इजरायलले छैठौ बार्षिक उत्सव भब्य रुपले सम्पन्न ।
जुलाई २० तेल अभीव :- नेपाल मगर संघ शाखा इजरायलले छैठौ बार्षिक उत्सव भब्य रुपले मनाएको छ ।मगर समुदायको आफ्नो भेष-भुषा, भाषा, कला, संस्कृतीको संरक्षण, सम्बर्द्धन तथा प्रचार प्रसार गर्न प्रवासी भूमीमा सन् २०१३ मा स्थापना भएको यस मगर संघ इजरायलले नेपाल मगर संघ केन्द्रको निर्देशन तथा मार्ग दर्शनलाई पालना गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै छ बर्ष पुरा गरेको छ ।सो अवसरमा तेल अभीव स्थित रमणीय पार्क यरकोनमा एक अनौपचारिकमा कार्यक्रममा भएको सो कार्यक्रममा नेपाल मगर संघ इजरायल शाखाका अध्यक्ष लिला थापा मगर ,निबर्तमान अध्यक्ष बिष्णु पुन,संगठन बिभाग सदस्य तथा नेपाल जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगर र जेष्ठ सदस्य नन्द राना मगरले संयुक्तरुपमा केक काटेको थियो ।कार्यक्रममा नृत्य ,गीत तथा पहिचान बोकेका संस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।यस अवसरमा विभिन्न खानाका परिकारहरुको व्यबस्थ पनि रहेको थियो। मगर संघ इजरायल शाखाका अध्यक्षले हामीसंगको भेटमा भबिस्यमा पनि बिगतका बर्षहरुमा झै मगर समुदायको भेष-भुषा, भाषा, कला, संस्कृतीको संरक्षण, सम्बर्द्धन तथा मगरहरुको पहिचानको निम्ती केन्द्रले गरेको कार्यलाई आत्मसाथ गर्दै आवश्यक आर्थिक/नैतिक सहयोग गर्दै जाने प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 2.00)
Loading...