युएईमा कोभिड – १९को नयाँ संक्रमित ६५९, संक्रमित संख्या ३७,०१८ र संक्रमित ३ जनाको मृत्यु ।

स्थानीय

युएईमा कोभिड – १९को नयाँ संक्रमित ६५९, संक्रमित संख्या ३७,०१८ र संक्रमित ३ जनाको मृत्यु ।
जुन ५ युएई मनु कोंमे तमु :-युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ५४,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम २०२० जुन ०४ तारिख बिहीवार ६५९ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या ३७,०१८ जना पुगेको छ। युएईमा कोभिड - १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् ४१९ जना पुर्णरुपमा निको भएका छन। उपचार पश्चात् हाल सम्म संक्रमित भएका १९,५७२ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार भइरहेका आज थप ३ जनाको मृत्यु भएको छ। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या २७३ जना पुगेको छ भने संक्रमित बिरामी १७,१७३ जना रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ। युएई सरकारले ०३ जुन बुधवार देखि सीमित उडानहरू सञ्चालन गर्न अनुमति दिनको लागि आफ्नो एयरस्पेस क्रमिक रूपमा खोल्ने घोषणा गरिसकेको छ भने व्यवसाय, सार्वजनिक ठाउँ र कार्यालयहरु नियमित रुपमा खुलेको छ। त्यसैगरी नेपाली दुतावास युएई ले जारी गरेको अनलाईन फारम भरेका मध्य प्रदेश नम्बर नं १ र प्रदेश नं ६ का केहि नेपालीहरुलाई भोलि जुन ५ तारिख २०२० सांझा ६:०० बजे एअर अरबिया को एक फ्लाइट मार्फत पहिलो चरणको उद्दार कार्य सुरुवात गरिने भएको छ। सम्बन्धित प्रदेशका पहिलो मापदण्डमा परेकालाई दुतावासबाट सम्पर्क भैसकेको र सम्पर्क गरिएका सबैको कोविड-१९ (कोरोना) परिक्षण पनि विमानस्थलमा नै हुने भएको छ भने अन्य प्रदेशहरुको लागि पनि छिट्टै उडान हुने भएको छ। मापदण्डमा परेका व्यक्तिहरुलाई दुतावासबाट सम्पर्क गर्ने नेपाल राजदुतावासले जनाएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...