युएईबाट ३ सय ४६ जना नेपाली नेपाल फर्किए ।

विदेश

युएईबाट ३ सय ४६ जना नेपाली नेपाल फर्किए ।
जुन २५ युएई /मनु कोंमे तमु :-बिश्वब्यापी रुपमा महामारी फैलिएको कोभिड - १९ कोरोना भाइरसको कारण लकडाउनमा परि रोजगारी गुमेका,भिजिट भिसा आइ युएईमा बिचल्लीमा र समस्यामा परेका नेपाली नागरिकहरु आज बिहीबार दुई वटा विमान बाट ३ सय ४६ जान नेपाल फर्केइएका छन्। दुबई अन्तर्राष्ट्रिय विमानस्थल बाट युएईको स्थानीय समय अनुसार बिहान ०८:०० बजे फ्लाई दुबईको उडान नम्बर एफ जी-८६२७ बाट १ सय ८९ जना नेपाली नागरिक नेपाल फर्किएका छन् भने आजै बिहान युएईको अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थल बाट हिमालयन एयरलाइन्सको उडान नम्बर एच–९ -५६७२ को विमान बाट १ सय ५७ जना नेपाली नागरिक नेपाल फर्केका छन्। त्यसैगरी हिजो हिमालयन एयरलाइन्सको उडान नम्बर एच–९ - ५६७२ युएईको आबुधावीबाट १ सय ५१ जना नेपाल फर्किएका थिए। उक्त फ्लाइ दुबई र हिमालयन एयरलाइन्स मार्फत आज स्वदेश फर्कने नेपाली नागरिकहरु सबै नेपाल राजदुतावास युएईको प्राथमिकतामा परेका दीर्घ रोगी, रोजगारी गुमेकाहरु रहेका छ्न। दुई उडान बाट नेपाल फर्किएका मध्ये अबुधाबी विमानस्थल बाट हिमालय एयरलाइन्स मार्फत नेपाल फर्केका नेपाली नागरिकहरुको कोभिड - १९ कोरोना भाइरसको विमानस्थलमा निःशुल्क परीक्षण गरिएको थियो भने दुबई अन्तर्राष्ट्रिय विमानस्थल बाट फ्लाई दुबईको उडान बाट फर्कने नेपाली नागरिकहरुको कोभिड - १९ कोरोना भाइरसको परीक्षण नभएको गैरआवासीय नेपाली संघ युएईका उपाध्यक्ष एवं क्युआरएफ टिमका संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रमुख संरक्षक पासाङ रिन्जी शेर्पाले बताएको छ। नेपाल फर्किएका नेपाली नागरिकहरु लाई बिदाइ र सहजीकरणको लागि नेपाली दूतावासका आबुधावीका प्रतिनिधि, गैरआवासीय नेपाली संघ मध्यपूर्व उपसंयोजक मनोज गोर्खाली,एनआरएनए युएईका उपाध्यक्ष एवं क्युआरएफ टिमका संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रमुख संरक्षक पासाङ शेर्पा, एनआरएनए युएईका कोषाध्यक्ष विकास शाही र एनआरएनए युएईका सदस्य सुजन सापकोटा विमानस्थल पुगेका थिए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...