परदेशी भुमि युएईको दुबईमा प्रवीणराज घलेको निधन ।

विदेश

परदेशी भुमि युएईको दुबईमा प्रवीणराज घलेको निधन ।
मे २८ मनु कोंमे तमु युएई :-क्व्होलासोंथर गाउँपालिका - ३, घलेगाउँ घर भई भरतपुर चितवनमा बसोबास गर्दै आएका र हाल रोजगारीको शिलशिलामा युएईको दुबईमा कार्यरत रहेका प्रवीणराज घलेको बुधबार निधन भएको छ । निघान भएका घले लमजुङ क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेका दाजु हुन । घले रोजगारीको शिलशिलामा विगत १० बर्ष देखि युएई स्थित दुबईमा कार्यरत थिए भने गत पौषमा मात्रै नेपाल घर गइ पुनः दुबई फर्किएका थिए । मृतक प्रवीणराज घले बाबा गुञ्जमान घले र आमा धनकाशी घलेका जेठो छोरा हुन । घलेका श्रीमती, तीन छोरा र दुई छोरी छन। मृतक घलेका कान्छो भाईको यसअघि नै मृत्यु भइसकेको छ भने माइलो प्रेमबहादुर घले हाल घलेगाउँमा र साइँलो मान घले सिम्पानीमा बस्दै आएका छ्न। चार दाजुभाई मध्ये जेठो प्रवीणराज घले परिवार सहित हाल चितवनमा बस्दै आएका थिए । मृतक घले केहि दिन देखी बिरामी भएको परिवार श्रोतले जानकारी गराएको जनाएको छ भने मृतकको डेथबडी लाई महामारी कोरोना भाइरसको कारणले गर्दा के कसरी नेपाल पठाउने भन्ने बारे छलफल भइरहेको लमजुङ समाज युएईका उपाध्यक्ष आइत गुरुङले जानकारी गराउनु भएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...