युएईमा ५९६ जना नयाँ कोरोना संक्रमित ,३ जनाको मृत्यु ।

विदेश

युएईमा ५९६ जना नयाँ कोरोना संक्रमित ,३ जनाको मृत्यु ।
जुन २ मनु कोंमे तमु युएई :- युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ३५,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच कोभिड - १९ कोरोना भाइरसको परिक्षणको परिणाम अनुसार कोरोना भाइरसको संक्रमण बाट २०२० जुन ०२ तारिख मंगलबार ५९६ जना नयाँ संक्रमितको पुष्टि भएको छ। नयाँ पुष्टि संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म नयाँ संक्रमित सहित युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या ३५,७८८ जना पुगेको छ। युएईमा कोभिड - १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् ३८८ जना पुर्णरुपमा निको भएका छन। उपचार पश्चात् हाल सम्म संक्रमित भएका १८,७२६ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार भइरहेका आज थप ३ जनाको मृत्यु भएको छ। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या २६९ जना पुगेको छ भने संक्रमित बिरामी १६,७९३ रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ। युएई सरकारले कोरोना भाइरसको संक्रमणलाई थप बढ्न नदिनको लागि अबुधाबीमा तिब्रतारुपमा परीक्षण गरिरहेको छ।अबूधाबी प्रहरीले आज देखि लागू हुने गरि अबुधाबी भित्र र बाहिर तथा राजधानी शहर, अल ऐन र अल धफ्राको इमिरेट्स क्षेत्र बीच आवागमनमा प्रतिबन्ध लगाएको छ भने इमिरेट्सको विभिन्न प्रवेशद्वारहरूमा १२ वटा चेकपोस्टहरू खडा गरेको छ। त्यसैगरि गैर आवासीय नेपाली संघ युएईले निरन्तररुपमा बिश्वब्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरसका कारण युएईमा लकडाउनमा परी पीडामा परेका र रोजगारी गुमाइ बिचल्लीमा परेका नेपाली नागरिकहरु लाई विभिन्न संघ संस्थाको सहयोग मार्फत दैनिक स्वास्थ्यको कुनै प्रवाह नगरी राहत खाद्यान्न बितरण गर्दै आइरहेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...