थारु साहित्य मेला माघको पहिलो हप्ता बर्दियामा हुने ।

जनजाती बिशेस

थारु साहित्य मेला माघको पहिलो हप्ता बर्दियामा हुने ।

अक्टुबर ९ बर्दीया :-तेस्रो थारु साहित्य मेला माघको पहिलो हप्ता बर्दियाको बढैयातालमा हुने पहिलो ब्यबस्थापकीय बैठकबाट पारित गरिएको छ। मेला माघ महिनाको ४, ५ र ५ गते हुने जंग्रार साहित्यिक बखेरी, नेपालका केन्द्रीय अध्यक्ष सोम डेमनडौराले जानकारी गराएका छन्।

थारु लेखक संघ नेपालको आयोजना र जंग्रार साहित्यिक बखेरीको मूल संयोजनमा हुने सो मेलाका जिम्मेवारी समेत बाँडफाँड गरिएको छ। सो बैठकमा आर्थिक ब्यवस्थापन तथा संकलन, अवधारणा पत्र, साहित्यकारहरुको नामावली संकलन, संचार संयोजन तथा सहकार्य लगायतका मुलभुत बिषयहरुमा छलफल गरी निर्णय गरिएको छ।

यसका साथै मेला भब्यरुपले सम्पन्न गर्नका लागि दिपावलीको अवसरमा मेलाको मूल नारा तथा ब्यानरमा र जंग्रार साहित्यिक बखेरीको टिसर्टमा देउसी भैलो खेलेर आर्थिक संकलन गर्ने योजनाको बनाइएको छ। यसका लागि नामावली समेत संकलन गरी सकिएको छ। थारु साहित्यलाई मुलभूतरुपमा केन्द्रीत गरिएको सो मेलामा अन्य भाषाका साहित्यलाई पनि सम्मान हुने गरी बुहभाषिक कबि गोष्ठीसमेत राख्ने बताइएको छ।

सोही अवसरमा लेखक तथा साहित्यकार सुशील चौधरीले हामीले चलाएको अभियान साँस्कृतिक र सामाजिक क्रान्तिका लागि हो। यो स्वयंसेवालाई पैसासँग तुलना गर्न नमिल्ने बताए। यसको दूरगामी प्रभाव पर्नेसमेत बताए।तीन दिनसम्म चल्ने सो मेलामा विभिन्न संघ संस्था, निजी क्षेत्र, ब्यापारी र ब्यक्ति बिशेषले पनि सहयोग र सहकार्य गर्नसक्ने बखेरीका संस्थापक सल्लाकार सुशील चौधरीले जनाएका छन्। कार्यक्रमको ढाँचा कस्तो रहने बारे अर्को बैठकमा निर्णय गर्ने समेत बताएका छन्।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...