तनहुँमा बसको ठक्करबाट एक जनाको मृत्यु ।

अन्य

तनहुँमा बसको ठक्करबाट एक जनाको मृत्यु ।
अप्रील २२ पोखरा :- तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार बसको ठक्करले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका ३३ बस्ने ३१ वर्षीय सन्दिप कुंवर रहेका छन् । दमौलीबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख ८४१० नं को बसले विपरित दिशाबाट आउँदै गरेको प्रदेश नं ३–०२–००१ प ६०३५ नं को मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक कुंवरको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलमा सवार पोखरा महानगरपालिका ७ बस्ने २५ वर्षीया सिर्जना रावत घाइते भएकी छन् । उनलाई रत्नहरी अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारको लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुवै सवारी साधन र बसका चालक प्रहरी नियन्त्रणमा छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...