नेपालमा दिन प्रति दिन बढ्दै तिब्र रुपमा कोरोना संक्रमित ,ताजा अपडेट अनुशार ४८७।

अन्य

नेपालमा दिन प्रति दिन बढ्दै तिब्र रुपमा कोरोना संक्रमित ,ताजा अपडेट अनुशार ४८७।
मे २२ काठमाडौँ :- नेपालमा थप नया ३० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।शुक्रवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार काठमाण्डू र चितवनमा गरिएको परीक्षणमा नयाँ सङ्क्रमण पुष्टि भएको हो।अब पुष्टि भएका सङ्क्रमितको सङ्ख्या ४८७ पुगेको छ।अहिले कोभिड-१९ पुष्टि भएका व्यक्तिहरू नवलपरासी पूर्व, चितवन, सर्लाही र कपिलवस्तुका भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयका अनुसार पुष्टि भएकामध्ये ३ जना नवलपरासीका, २ जना चितवनका, ९ जना कपिलवस्तुका र १८ जना सर्लाहीका हुन्।डा. अधिकारीका अनुसार नयाँ भेटिएका सङक्रमितमध्ये ३ जनालाई चितवनको कोभिड-१९ विशेष अस्पतालमा राखिएको छ।अन्य सङ्क्रमितहरू भने विभिन्न स्थानका क्वारन्टीनमा रहेका र उनीहरूलाई उपचारका लागि अस्पताल लग्न लागिएको अधिकारीले जानकारी दिए।सबै प्रदेशमा कोभिड-१९ भएका व्यक्ति फेला परेका छन्।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...