कास्कीमा भरुवा बन्दुक सहित चार जना पक्राउ ।

अन्य

कास्कीमा  भरुवा बन्दुक सहित चार जना पक्राउ ।
फागुन २२ पोखरा:- जिल्ला प्रहरी कार्यालय कास्कीले पाँच् थान हतियार सहित ४ जनालाई पक्राउ गरेको छ ।रुपा गाउपालिका बडा ७ तालवेसी तथा सौर्यवासका बिभिन्न स्थानहरुमा अबैध रुपमा हातहतियार लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय शिशुवाबाट सयुक्त रुपमा खटिएको विशेष प्रहरी टोलीले ५ थान हतियार सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपा ७ घर भई हाल पोखरा म.न.पा.३० शिशुवा वस्ने बर्ष ५५ को नारायण बहादुर गरुङको साथबाट २२ बोर राईफल लेन्स सहित थान १ , रुपा गाउपालिका बडा नं ७ तालवेशी बस्ने बर्ष ४८ को दिल बहादुर गुरुङबाट १२ बोर राईफल ( सर्ट गन ) थान १, रुपा गाउपालिका ७ तिलखोरिया बस्ने बर्ष ४५ को सुरेश गुरुङ बाट भरुवा बन्दुक थान २ र रुपा गाउपालिका बडा नं ७ तिलखोरीया बस्ने बर्ष ५४ को मन बहादुर थापा मगरबाट भरुवा बन्दुक थान १ फेला परेको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...