तमु समाज युएईको बनभोज कार्यक्रम तथा तमु फो-ल्होसार तयारी बैठक हेरिटेज पार्क,आबुधाबीमा भव्यता साथ सम्पन्न ।

विदेश

तमु समाज युएईको बनभोज कार्यक्रम तथा तमु फो-ल्होसार तयारी बैठक हेरिटेज पार्क,आबुधाबीमा भव्यता साथ सम्पन्न ।
मंसिर १२ युएई मनु कोंमे तमु सम्बतदाता फिष्टेल न्यूज:- तमु समाज युएईको २०१८ नोभेम्बर २३ तारिख शुक्रबार हेरिटेज पार्क,आबुधाबी युएईमा भव्यता साथ बनभोज कार्यक्रम तथा तमु फो-ल्होसार तयारी बैठक सम्पन्न भएको छ।उक्त बनभोज कार्यक्रममा तमु समाज युएईको केन्द्रिय कार्यसमितिका पदाधिकारीहरु,आबुधाबी क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरु,दुबई क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरु,सक्रिय सदस्यहरु , बुद्धिजीवी महानुभाव तथा शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो। बनभोज कार्यक्रममा विभिन्न नेपाली खानाका परिकारको साथै आफ्नो संस्कृति झल्काउने गीत नाचगानका मनोरञ्जनको साथ बनभोज कार्यक्रम सम्पन्न भएको थियो भने बनभोज कार्यक्रम शुरूवात अगावै तमु समाज युएईको तमु फो-ल्होसार तयारी बैठक सम्पन्न भएको थियो।तमु समाज यूएईका अध्यक्ष उषा तमुस्योको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अथिती संरक्षक राजु तमु , बिशेष अथितीमा प्रमुख सल्लाहकार डेरराज तमु र सल्लाहकार शिव जंग तमु,अथितीमा आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष नन्द कुमार तमु ,दुबई क्षेत्रीय समितिका उपाध्यक्ष इना तमुस्यो, केन्द्रीय बरिष्ठ उपाध्यक्ष मुनिन्द्र तमु र केन्द्रिय उपाध्यक्ष नन्द जंग तमु रहनु भएको थियो भने केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु , आबुधाबी क्षेत्रीय समितिका पदाधिकारीहरु, दुबई क्षेत्रीय समितीका पदाधिकारीहरु,सक्रिय सदस्यहरु,बुद्धिजीवी महानुभावहरु तथा शुभचिन्तकहरुको उपस्थिती रहेको थियो। उक्त बैठक तमु समाज युएईका महासचिव पबित्रा तमुस्योले संचालन गर्नु भएको थियो भने प्रस्ताव समाजका प्रबक्ता मान सिङ तमुले प्रस्तुत गर्नु भएको थियो।उक्त बैठकले तमु फो-ल्होसार कार्यक्रम-२०१८ लाई भव्य र सभ्य रुपमा सफल बनाउन बिभिन्न बिभागीय समितिहरु गठन गरेको छ। तमु फो-ल्होसार सफल बनाउनको लागि संयोजकमा नन्द कुमार तमु,सह-संयोजकमा नन्द जंग तमु, स्वयंसेवक प्रमुखमा यम तमु (स्याङ्जा), सदस्यहरुमा उज्जल तमु,बुद्ध तमु,यम तमु (कास्की), विवेक तमु,संजय तमु र प्रवीण तमु, अथिती सत्कार प्रमुखमा इन्द्र तमु,सदस्यहरुमा अमृत तमु,किरण तमु,युवराज तमु (कैलास), टिक मायां तमुस्यो,रिना तमुस्यो,शान्त तमुस्यो र ममता तमुस्यो,आर्थिक बिभाग (काउण्टर) प्रमुखमा केन्द्रिय कोषाध्यक्ष वल वहादुर तमु, सदस्यहरुमा मिना तमुस्यो,अनिता तमुस्यो र रबिन्द्र तमु,प्रायोजक बिभाग प्रमुखमा केन्द्रिय महासचिव पवित्रा तमुस्यो,दुबई प्रमुखमा प्रमुख सल्लाहकार डेरराज तमु,आबुधाबी प्रमुखमा संरक्षक राजु तमु,सदस्यहरुमा नन्द जंग तमु,प्रबिण तमु,अमृत तमु र उज्जल तमु,गेट बिभाग प्रमुखमा वरिष्ठ मुनिन्द्र तमु र सदस्यमा प्रभात तमु,सांस्कृतिक बिभाग प्रमुखमा अमृत तमु र सदस्यमा किरण तमु , प्रचार प्रसार बिभाग प्रमुखमा मान सिङ तमु तथा व्यवस्थापन बिभाग प्रमुखमा संरक्षक राजु तमु रहनु भएको छ। तमु समाज युएईले मृगौला पीडित सुमन परियारको उपचार सहयोगको लागि आर्थिक सहयोग १०१५/-( एक हजार पन्ध्र) दिराम निज उपाचार्था अस्पतालमा समाजका संरक्षक राजु तमु र सांस्कृतिक बिभाग अमृत तमुले सुमन परियार लाई रकम हस्तान्तरण गर्नु भएको छ भने मोबाइल सिम कार्ड प्रकारणमा युएई जेल बस्नु भएका बसन्त तमु लाई नेपाल फिर्ता पठाउनको लागी जन्मस्थान लमजुङ घर भइ हाल चितवन निवासी तमु समाज युएईका सक्रिय सदस्य भिम तमुले हवाई टिकट उपलब्ध गराइ दिने भएको छ।साथै तमु समाज युएईका केन्द्रिय सल्लाहकार शिव जंग तमुको पुत्री लाभ भएको भन्दै समाजको तर्फबाट संरक्षक राजु तमु,अध्यक्ष उषा तमुस्यो,प्रमुख सल्लाहकार डेरराज तमु र वरिष्ठ उपाध्यक्ष मुनिन्द्र तमुले खादा ओढाइ सम्मान गर्नु भएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...