तमु प्ये ल्हु सङ्घले आगमी जनगणनामा तमु (गुरुङ)को धर्म बोन लेख्ने अभियान सञ्चालन गर्ने।

मूलबासि /भूमिपुत्र

तमु प्ये ल्हु सङ्घले आगमी  जनगणनामा तमु (गुरुङ)को धर्म बोन लेख्ने अभियान सञ्चालन गर्ने।
अगस्ट १० मणि सर्बज्जा तमु/पोखरा :- तमु (गुरुङ)हरुले अब हुने जनगणनामा बोन धर्म लेख्ने भएका छन् । नेपालमा गुरुङ जातिको वास्तविक धर्म बोन धर्म भए पनि पछिल्लो समय धर्म परिवर्तन गर्ने क्रम बढ्दा बोन धर्म लोप हुँदै गएकाले अब नेपालमा हुने जनगणनामा नै बोन धर्म उल्लेख गर्ने आज शनिवार आयोजित कार्यक्रममा बताएको हो गुरुङहरुको धार्मिक संस्था तमु प्ये ल्हु सङ्घ केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा आगमी जनगणनामा गुरुङको धर्म बोन लेखाउनका लागि अन्तरक्रियात्मक प्रचारप्रसार अभियानसमेत शुरु गरेको छ । संघको प्रधान कार्यालयमा अभियानको रुपमा आयोजित कार्यक्रमका सहजीकरण पूर्व कानुन राज्यमन्त्री इन्द्रबहादुर गुरुङ र पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङले गरेका थिए ।शनिवार आयोजित कार्यक्रममा आगामी वर्ष २०७८ मा नेपालमा हुन गइरहेको राष्ट्रिय जनगणनामा धर्मको महलमा गुरुङको वास्तविक धर्म बोन धर्म लेखाउनका लागि देशभरका गुरुङ समुदायमाझ अन्तरक्रिया गरेर प्रचारप्रसार गर्नुपर्ने उनीहरुले सुझाएका थिए । गुरुङको वास्तविक धर्म बोन भए पनि धर्म परिवर्तनका कारण समुदायको वास्तविक धर्म लोप हुँदै गएकाले सङ्घले देशव्यापी धर्म संस्कार संस्कृति संरक्षणका लागि विभिन्न अभियान सञ्चालन गर्दै आइरहेको संघका अध्यक्ष हितकाजी गुरुङले बताए । आगामी वर्ष हुने नेपालको राष्ट्रिय जनगणनामा गुरुङको वास्तविक धर्मलाई स्थापित गर्नका लागि यो अभियान सञ्चालन गरेको संघका अध्यक्ष गुरुङले जानकारी दिए ।अध्यक्ष गुरुङले भने, ‘गुरुङ समुदायको छुट्टै आफ्नै धर्म संस्कार छ तर पछिल्लो समय धर्म परिवर्तन गर्नेको क्रम बढ्दै जाँद बोन धर्म लोप हुँदै गएको छ, त्यसकारण धर्म संस्कृति बचाउनका लागि हामीले जनगणनामा नै बोन धर्म लेख्ने निर्णय गरेका छौँ ।’ राष्ट्रिय जनगणनामा गुरुङले किन बोन धर्म लेख्ने ?, बोन धर्म के हो ? लगायतका विषयमा जानकारी गराइने कार्यक्रमका वक्ताहरुले बताएका थिए । गुरुङ समुदायले परापूर्वकालदेखि नै मान्दै आएको धर्म लोप हुँदै गएपछि केन्द्रीय कमिटीले नै अभियान सञ्चालन गर्ने नीति लिएको हो । २०६८ सालको जनणनामा पनि सङ्घले बाेन लेख्ने पहिलाेपटक अभियान सञ्चालन गरेका थिए ।२०४८ सालको जनगणनामा धर्म विवरणमा ४३ जिल्लाका १३००६ जनाले बोन धर्म उल्लेख गरेका छन् । धर्मअनुसारको जनसंख्यालाई हेर्दा शहरी क्षेत्रमा ३८०० जना र ग्रामीण क्षेत्रमा ९२०६ देखिएको छ ।२०४८ को जनगणनामा तमुको संख्या ५२२६४१ जना रहेको छ जसअन्तर्गत शहरी क्षेत्रमा १३७३७१ र ग्रामीण क्षेत्रमा ३८५२७० जनाले बसोबास गर्दछन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...