तमु प्ये ल्हु संघ नवलपुर शाखा गठन ।

मूलबासि /भूमिपुत्र

तमु प्ये ल्हु संघ नवलपुर शाखा गठन ।
सेप्टेम्बर ८ पोखरा फिष्टेल न्युज :-नवलपुर जिल्लावासी तमु समुदायको प्रथम जिल्ला भेलाले शनिबार तमु प्ये ल्हु संघ नवलपुर जिल्ला शाखा गठन गरेको छ !देवचुली नगरपालिका -१७ मा अवस्थित फ- लि- ना देवचुली क्होइबोमा सम्पन्न जिल्ला भेलाले बिश्नुबहादुर तमुको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा जमानसिङ ल्हेगे तमु,सचिव उद्रसिङ तमु,सहसचिव पदमबहादुर तमु,कोषाध्यक्ष उमा तमु,सदस्यमा मनबहादुर तमु र गिताकुमारी तमु रहनुभएकोछ ।तमु प्ये ल्हु संघका केन्द्रिय तृतीय उपाध्यक्ष तुलाराम टु तमुको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा केन्द्रिय सङ्गठन प्रमुख हर्क योज तमु,केन्द्रिय सदस्यहरु सु। देबिबहादुर पह्च्यु तमु,सेखर ल्हेगे तमु सहितको उपस्थिति रहेको थियो ! नवलपुर जिल्ला शाखाको गठन सङ्गै तमु प्ये ल्हु संघको जिल्ला शाखा २२ औ पुगेको सङ्गठन प्रमुख हर्क योज तमुले फिस्टेल न्यूजलाई बताउनु भयो । तस्वीर : शेखर ल्हेगे तमु र देबिबहादुर पह्च्यु तमु

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...