स्याङ्गजा माझकोटमा तमुहरुको पर्व ल्होसार भब्य रुपले मनाउने तयारी ।

जनजाती बिशेस

स्याङ्गजा माझकोटमा  तमुहरुको पर्व ल्होसार भब्य रुपले  मनाउने तयारी ।

नोवेम्बर २७ स्यांग्जा :- श्री शिव जनजागृती युवा परिवार माझकोट स्याङ्गजाले बिगतको वर्षहरु झैं यस वर्ष पनि तमु( गुरुङ) हरुको राष्ट्रिय महान पर्व खी ल्होसार ( चरा वर्ग को बिदाइ तथा कुकुर वर्ग को आगमन ) विविध कार्यक्रमको साथ भब्य रूपमा मनाउन भएको छ। तमु (गुरुङ ) हरुको रितिथिती, संस्कार ,संस्कृतिको सम्बर्द्धन तथा संरक्षण र गाउँ बिकासको निमित्त तमु संस्कृतिमा आधारित झोरा,घाँटु, सोराठी, वार्ड स्तरीय (खुल्ला ) भलिबल प्रतियोगिताको साथै विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । साथै स्थानीय उत्पादित बस्तु र सीप मुलुक बस्तुहरुको पर्दर्शन ,साथै विविध सास्कृतिक कार्यक्रमको आयोजना गरिने भएको आयोजकले जानेको छ ।

समुन्द्र सतह देखि करिब १५सय मि. देखि १८सय मि. मा अवस्थित यस माझकोट शिवालयमा ९६.४% गुरुङ (तमु) समुदाय र साबिक मझकोट वार्ड न. ६ मा ९९.९% तमु (गुरुङ )समुदायको प्रमुख बस्ती भएकोले यो गाउँ मनोरम हिम शृंखला देखिने पर्यटकीय क्षेत्र सम्भावना बोकेको एक गुरुङ सस्कृतिको धनी गाउँ हो । यस कार्यक्रमका लागि देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण बुबा आमा, दाजुभाइ , दिदिबहिनीहरुमा सहयोगको लागि अनुरोध गर्दै ,उपस्थितिको लागि युवा परिवार हार्दिक अनुरोध गरिएको छ ।

आयोजक :- श्री शिव जनजागृती युवा परिवार माझकोट -वालिङ् न.पा. वार्ड न . ३ स्याङ्गजा ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...