सुदुरपश्चीम प्रदेशका सामाजीक विकास मंत्री दिर्घ सोराडी बर्खास्त |

अन्य

सुदुरपश्चीम प्रदेशका सामाजीक विकास मंत्री दिर्घ सोराडी बर्खास्त |
कार्तिक २७ कैलाली:- सुदरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दिर्घ सोराडी बर्खास्त भएका छन् भने सोराडीको ठाउँमा तत्कालिन एमालेबाट निर्वाचित कृष्णराज सुवेदी नयाँ मन्त्री बन्ने भएका छन् । नयाँ मन्त्रीले अहिले बेलुकी ४ बजे सपथ लिने कार्यक्रम छ । सवेदी कैलाली ४ (ख) बाट निर्वाचित सांसद हुन । सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावलका निकट मानिने सोडारीलाई के कति कारणले हटाइएको हो भन्ने विषयमा बिस्तृत विवरण सार्वजनिक भएको छैन ।प्रदेश ३ मा मन्त्री केशव स्थापितलाई हटाइएपछि दोश्रो श्रृंखलाका रुपमा सुदूरपश्चिम प्रदेशमा सोडारीलाई हटाइएपछि प्रदेशको तरल राजनीतिबारे थप चाँसो उत्पन्न भएको छ । गत तिहारको समयमा सोडारीको सरकारी गाडीले मोटरसाइकलसँग ठक्कर दिएर भाग्न लागेको बेला स्थानीयले समातेका थिए । यद्यपी राजीनामाका पछाडि यो कारण भने हुन नसक्ने श्रोतले बतायो । श्रोतका अनुसार, पार्टीको शीर्ष तहबाटै सोडारीलाई हटाउन चर्को दबाब परेको थियो । नेता भीम रावलले आफू निकट सोडारीलाई हटाउन बिभिन्न चरणमा प्रयास गरेपनि माथिको दबाब भन्दै मुख्यमन्त्रीले सोडारीलाई बर्खास्त गर्ने निर्णय गरेको श्रोतले बतायो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...