बाँकेमा सवारी दुर्घटना ३ जनाको ज्यान गयो ।

अन्य

अक्टुबर १० बाँके :-नेपालमा दैनिक जसो हुने सवारी दुर्घटनामा हजारौले ज्यान गुमाउने गरेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ लौकी खोलामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

accd

काठमाडौंबाट धनगढी जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको यात्रुबहाक बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत लौकी खोलामा खसेर दुघटना भएको हो । बस सडकबाट १५ मिटर तल खोलामा खसेको बताइएको छ ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । उनीहरुको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत नभएको प्रहरीले जनाएको छ, भने घाइते भएकाहरुको नाम, ठेगना खुल्न सकेको छैन ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...