साउदी अरेबियामा दर्जनौ मंत्री, पूर्व मंत्री नियन्त्रणमा ।

अन्य

नोवेम्बर ०४ काठमाडौँ :-साउदी अरेबियामा भ्रष्टाचारविरुद्ध गठित नयाँ निकायले ११ जना राजकुमार, चारजना बहालवाला मन्त्रीहरु र दर्जनौं पूर्व मन्त्रीहरु नियन्त्रणमा लिएको रिपोर्टहरुमा जनाइएको छ। राजकीय आदेशमार्फत युवराज मोहम्मद बीन सलमान नेतृत्वको नयाँ समिति गठन भएको केही घण्टामै मानिसहरुलाई नियन्त्रणमा लिइएको हो।नियन्त्रणमा लिइएकाहरुको नाम सार्वजनिक गरिएको छैन।

नियन्त्रणमा लिइएकाहरुलाई के दोष लगाइएको छ भन्ने प्रष्ट छैन। यद्यपि साउदी प्रसारक अल अरेबियाका अनुसार सन २००९ मा आएको बाढी र सन २०१२मा मर्स भाइरस देखिएका बेलाको गतिविधिमाथि नयाँ अनुसन्धान गरिएको थियो।भ्रष्टाचार सम्बन्धी नयाँ समितिलाई पक्राउ पुर्जी जारी गर्न र यात्रा प्रतिबन्ध लगाउने अधिकार दिइएको राज्य सञ्चालित समाचार एजेन्सी ‘एसपीए’ले जनाएको छ। अर्कोतिर साउदी न्याशनल गार्ड र जलसेना प्रमुख हटाएर गर्दै नयाँ नियुक्ति गरिएको छ।

एसपीएका अनुसार न्याशनल गार्ड मन्त्री राजकुमार मितेब बीन अब्दुल्लाह र जनसेना कमाण्डर एडमिरल अब्दुल्लाह बीन सुल्तान बीन मोहम्मद अल-सुल्तानलाई बर्खास्त गरिएको छ। राजकुमार मितेब बीन अब्दुल्लाहलाई शक्तिशाली न्याशनल गार्डको प्रमुखबाट हटाइएको छ । उनलाई हटाउनुको औपचारिक कारण खुलाइएको छैन।राजकुमार मितेब दिवंगत राजा अब्दुल्लाहका छोरा हुन् र उनलाई कुनैबेला राजगद्दीको उत्तराधिकारीको रुपमा हेरिन्थ्यो। उनी साउदी सरकारमा अब्दुल्लाह परिवारका सबभन्दा माथिल्लो पदमा रहेका अन्तिम व्यक्ति थिए।

राजकुमार मोहम्मदले हालै साउदी अरेबियालाई आधुनिकीकरणतर्फ लग्न ” मध्यमार्गी इस्लाम” ल्याउनुपर्ने बताएका थिए। रियादमा एउटा आर्थिक सम्मेलनमा बोल्दै मोहम्मदले “अतिवादका अवयवहरु सबै निर्मूल पार्ने” प्रतिबद्धता व्यक्त गरेका थिए।गत वर्ष उनले सामाजिक र आर्थिक परिवर्तनका लागि बृहत् योजना सार्वजनिक गरेका थिए।

BBCNEPALi


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...