सपाउदे स्याङ्जामा क्होइबो शिलान्यास |
स्थानीय
स्याङ्जा जिल्लाको पुर्बि भेगमा अवस्थित साबिक मनकामना गाबिस -२,हाल बिरुवा गाउँ पालिका ७ सपौदे गाउँमा प्रकृतिवादी बोनधर्मवलम्बी तमु जातिको पबित्र धार्मिक स्थल " क्होइबो धि" को शिलान्यास तमु प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमुले गर्नु भएको थियोे ।
"आर्थर सपते बजै सिक्री क्होइबो " को नाम दिइएको उक्त क्होइबो धिमा तमु जातिको सस्कार सस्कृती एवम् परम्परागत रहनसहन झल्किने खालको संग्रहालय समेत राखिने निर्माण समितिले जनाएको छ !
स्याङ्जाको वालिङ नगरपालिका त्रियासीबाट झन्डै १४ किलोमीटर र राङखोलाबाट झन्डै २२ किमि दुरिमा रहेकोे सपौदे गाउँमा निर्माण हुन गइरहेको उक्त क्होइबोको अनुमानित निर्माण लागत ४५ लाख रहेकोे र अगामी तीन बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोे स्रोतले जनाएको छ ।
स्थानीय प्ये ल्हुवादी बोनधर्मवलम्बिहरु रोशनी युवा क्लब,दिपज्योति आमासमुह र कालिका बाउसमुहको सक्रियतामा निर्माण हुन गइरहेको क्होइबो धि निर्माणका लागि स्थानीय स्व. कुसबहादुर चाक्ली तमुको स्मृतिमा उनका छोराबुहारीले डेड रोपनी जग्गा प्रदान गर्नुभएका जग्गादाताहरु गौमाया तमु र मिना तमु तथा क्होइबो स्थल सम्मको बाटोको जग्गा दाताहरु तिलबहादुर तमु र भिमबहादुर तमुलाइ सम्मान गरिएको थियोे ।
रोशनी युवा क्लबका अध्यक्ष मेखराज क्रोम्ज तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाइ प्रमुख अतिथि हितकाजी टु तमु,तमु प्ये संघ स्याङ्जाका अध्यक्ष भोजराज क्रोम्जे तमु,स्थानीय दुद्दबहादुर क्हत्र तमु,बिरुवा गापा १ का अध्यक्ष युवाराज केसि,वडानम्बर ७ का अध्यक्ष खड्का पह्च्यु तमु,क्लबका सचीव नवीन तमु,पच्यु चिब ठौबा चाह्क्ली तमु लगायतले सम्बोधन गर्नुभएकोथियो भने संचालन तमु विद्यार्थी छोज धिका केन्द्रिय पुर्ब अध्यक्ष एवम् स्थानीय रिम चाह्क्ली तमुले गर्नुभएको थियो ।
शिलान्यास कार्यक्रममा केन्द्रिय सहसचिव लोकेन पह्च्यु तमु,के.सङ्गठन प्रमुख हर्क योज तमु,के.सदस्य शेखर ल्हेगे तमु,कास्की जिल्ला अध्यक्ष उमबहादुर पह्च्यु तमु,रुपन्देही जिल्ला अध्यक्ष क्या.भिमबहादुर ल्हो तमु लगायतको उपस्थिति रहेकोे थियोे ।
तमु प्ये ल्हु संघको क्होइबो निर्माण अन्तरगत हालसम्म सबैभन्दा धेरै क्होइबो निर्माण गर्ने जिल्लाहरु मध्ये स्याङ्जा अग्रस्थानमा रहेकोे र सपते गाउमा निर्माण हुन गइरहेको क्होइबो धि चौधौं क्होइबो भएको केन्द्रिय समितिले जनाएको छ । 
