रौतहटमा भारतीय नम्बरको मोटर साईकलमा आएका दुई युवाकद्वारा बम प्रहर ।

अन्य

रौतहटमा भारतीय नम्बरको मोटर साईकलमा आएका दुई युवाकद्वारा बम प्रहर ।
नोबेम्बर १३ रौतहत:-रौतहटस्थित एक प्रहरी चौकीमा सुतली बम प्रहार भएको छ ।रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर–४ स्थित मठिया प्रहरी चौकीमा ड्यूटीमा रहेका प्रहरी जवानलाई लक्षित गरी बम प्रहार भएको हो । भारतीय नम्बर प्लेट बीआर ०५एच ६५०९ नम्बरको मोटरसाइकलमा आएका व्यक्तिले बम प्रहार गरेका थिए । त्यसक्रममा प्रहरी जवान रञ्जितकुमार यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । विस्फोटमा परी नजिकै चौरमा चरिरहेको एउटा बाख्रा समेत मरेको छ । बम फाल्नका लागि प्रयोग भएको मोटरसाइकलका चालक भारत घर बनाउने २५ वर्षीय चन्दनकुमार साहलाई प्रहरीले मोटरसाइल सहित नियन्त्रणमा लिएको छ ।मोटरसाइकलको पछाडि बसेर बम फाल्ने व्यक्ति भने फरार छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...