राष्ट्रीय नेवा: खल: इजरायलको नवौ अधिबेशन अनलाईन मार्फत सम्पन्न ,बिमला श्रेष्ठ अध्यक्षमा निर्बिरोध निर्बाचित।

जनजाती बिशेस

राष्ट्रीय नेवा: खल: इजरायलको नवौ अधिबेशन अनलाईन मार्फत सम्पन्न ,बिमला श्रेष्ठ अध्यक्षमा निर्बिरोध निर्बाचित।
जुन १२ इजरायल :- राष्ट्रीय नेवा: खल: इजरायलको नवौ अधिबेशन नेपाल सम्बत ११४० तछ्ला २० अर्थात् १० जुन २०२० बेलुका Zoom Online मार्फत सम्पन्न भएको छ। सम्पूर्ण बिस्व कोभिड-१९ को सक्रमण बढ्दै गईरहेको यस कठिन घडीमा लकडाउनको कारण कुनै स्थानमा एक साथ जम्मा भई कार्यक्रम सम्पन्न गर्न असम्भव भएकोले अनलाईन मार्फत गरिएको हो। राष्ट्रीय नेवा: खल: इजरायलकी अध्यक्ष श्री मनु श्रेष्ठ ज्युको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेफिन इजरायलका अध्यक्ष श्री तारा काउचा मगर ज्यु , बिशेष अतिथि नेवा: देय दबु केन्द्रका अध्यक्ष भाजु नरेश कुमार ताम्रकार ज्यु, बिशेष अथिति World Newah Organization का अध्यक्ष भाजु सीजन श्रेष्ठ ज्यु त्यसै ग़री नेपाल देखी बिभिन्न नेवा: खल:, पुच: का अध्यक्ष ज्युहरु, इजरायलका राष्ट्रीय समुदाय संस्थाका अध्यक्षहरु, बिभिन्न राजनैतिक संघ /संस्थाका बैदेशीक अध्यक्ष अतिथिको रुपमा उपस्थित रहेका थिए भने इजरायलबासी नेवा समुदायक दाज्यु भाई दिदि बैनीहरुको सहभागीता रहेका थिए । राष्ट्रीय नेवा: खल: इजरायलकी सचिव स्वश्तिका श्रेष्ठले स्वागत मन्तब्य मन्तब्य गर्नु भएको थियो भने प्रमुख अतिथि नेफिन इजरायलका अध्यक्ष श्री तारा काउचा मगर ज्यु , बिशेष अतिथि नेवा: देय दबु केन्द्रका अध्यक्ष भाजु नरेश कुमार ताम्रकार ज्यु, बिशेष अथिति World Newah Organization का अध्यक्ष भाजु सीजन श्रेष्ठ लगायत विभिन्न संघ /सस्थाका अध्यक्षज्युहरुले शुभकामना मन्तब्य दिनु भएको थियो। सो अवसरमा राष्ट्रीय नेवा: खल: इजरायलले नेपाल आदिबासी महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगर मार्फत नेपाल सम्बतलाई ब्यबहारिक रुपमा प्रयोगमा ल्याउन नेपाल सरकारलाई ज्ञापन पत्र पनि बुझाइएको थियो। कार्यक्रमको अन्त्यमा कार्यक्रमको समापन भएको घोषणा गर्नु हुँदै कार्यक्रम सभापति तथा राष्ट्रीय नेवा: खल: इजरायलकी अध्यक्ष मनु श्रेष्ठले आफ्नो कार्यकालमा विभिन्न कार्यक्रमहरुमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने नेवा खलका सम्पूर्ण सदस्यहरु लगायत राष्ट्रिय समुदायका अध्यक्ष लगायत सम्पुर्णलाई धन्यवाद दिनु हुँदै नेवा खल इजरायलको कार्यसमिति बिघटन भएको घोषणा गर्नु भएको थियो।घोषणा पछी निर्बाचित सदस्यहरुलाई निर्बाचन समितिका संयोजक तारा काउचा मगरले नेवारी भाषामा सपथ ग्रहण गराएका थिए। यस लगत्तै निर्बाचन समितिका अध्यक्ष तारा काउचा मगरले राष्ट्रीय नेवा: खल: इजरायलको नबौ अधिबेशनबाट श्री बिमला श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय नेपाल सम्बत ११४०/४१ को लागी नयाँ कार्यसमितिको निर्बिरोध रुपमा निर्बाचित भएको घोषणा गर्नु भएको थियो। राष्ट्रीय नेवा: खल: इजरायल नेपाल सम्बत ११४० /४१ अर्थात २०२०/ २१ को नव निर्बाचित कार्यसमितिहरु :- संरक्षकहरु:- 1, पुष्प श्रेष्ठ 2, नरेश कुमार श्रेष्ठ 3, रेखा श्रेष्ठ 4, राजेन्द्र श्रेष्ठ 5, कादंबरी दाना श्रेष्ठ प्रमुख सल्लाहकार मनु श्रेष्ठ सल्लाहकारहरु 1, सुनीता श्रेष्ठ 2, उषा श्रेष्ठ 3, लक्ष्मी बहादुर श्रेष्ठ 1, अध्यक्ष :- बिमला श्रेष्ठ 2 ,बरिष्ठ उपाध्यक्ष :- स्वस्तिका श्रेष्ठ 3, प्रथम उपाध्यक्ष :- शंकर श्रेष्ठ 4, द्वितीय उपाध्यक्ष :- राम प्रधान 5, तृतीय उपाध्यक्ष :- कुसुम श्रेष्ठ महासचिब :- राजकुमारी श्रेष्ठ सचिब :- ज्योती प्रधान कोषाध्यक्ष:- टंक श्रेष्ठ स-कोषाध्यक्ष :- अमीरा थापा श्रेष्ठ कार्यकारिणी सदस्यहरु 1, शान्ता श्रेष्ठ 2, माया श्रेष्ठ 3, राजु श्रेष्ठ 4, कटक श्रेष्ठ 5, बाबुकाजी श्रेष्ठ 6, राधा प्रधान 7, प्रबीन श्रेष्ठ 8, दुर्गा श्रेष्ठ 9, गंगा उदास 10, दीपेन श्रेष्ठ साधारण सदस्यहरु 1, लाली श्रेष्ठ 2, शोभा श्रेष्ठ 3, भीमा श्रेष्ठ 4, ममता प्रधान 5, प्रकाश श्रेष्ठ 6, अरुणा श्रेष्ठ 7, ललिता श्रेष्ठ 8, सुलचना दुवाल 9, रंजना ताम्रकार

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...