नेपाल आदिवासी जनजाती महासंघ युएईद्वारा व्यक्तित्व बिकास तालिम सम्पन्न ।

जनजाती बिशेस

नेपाल आदिवासी जनजाती महासंघ युएईद्वारा व्यक्तित्व बिकास तालिम सम्पन्न ।
नोभेम्बर १८ युएई :-नेपाल आदिवासी जनजाती महासंघ(नेफिन) युएईले तय गरेको आफ्नो वार्षिक कार्यक्रमको आधारमा Learning & People Development तालिमको आयोजना गरेको छ।नेफिन युएईको पहिलो बैठकमा अध्यक्षले संस्थाको बार्षिक कार्ययोजना भित्र पारी नेफिन युएई अन्तर्गत रहेका संस्थाहरुका सदस्यहरुलाई यस L & PD तालिम मार्फत व्यक्तित्व सबलीकरण र वृत्ती विकासको उद्देश्य लिई संचालन गरिएको यस तालिम कार्यक्रममा बिभिन्न जातीय समुदायबाट जम्मा ३७ जना व्यक्तिहरुको सहभागीता रहेको थियो। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईको आयोजनामा युएईको दुबई स्थित सिल्वर स्पुन रेष्टुरेण्टको हल वर दुबईमा १५ नोभेम्बर २०१९ शुक्रबार संचालन गरिएको Learning & People Development तालिम कार्यक्रम नेफिन युएईको ईतिहासमा नै पहिलो पटक गरिएको हो। यस तालिमको मुख्य उद्देश्य आगामी दिनहरुमा संस्थामा आउने नेतृत्वकर्ताहरुलाई संस्था संचालनको लागि आवश्यक पर्ने कार्य, पद्दती, योजनाको तर्जुमाका साथसाथै नेतृत्व विकास र वक्तृत्व कलाको विकास अनी कार्य संचालनको लागि आवश्यक पर्ने अफिस सफ्ट्वेयर संचालनमा सहजताको ज्ञान प्रदान गर्नु रहेको थियो। तालिममा कार्यक्रमको सभापतित्व ग्रहण गर्दै नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईका अध्यक्ष महेश मोक्तानले स्वागत मन्तव्य दिंदै यस तालिम मार्फत संस्थासंग आवद्ध साथीहरूलाई कसरी प्रशिक्षित गराउने, कसरी नेतृत्वको लागि योग्य बनाउने भन्ने कुरामा जोड दिने बताउनु भएको थियो। सहि ढंगबाट संस्था संचालन गर्दा उद्देश्य प्राप्ति गर्न कति सहजता हुन्छ भन्ने कुरा बुझ्न पनि यो तालिमले उद्देश्य लिएको जानकारी स्वागत मन्तव्यको बिचमा अध्यक्ष मोक्तानले बताउनु भएको थियो। कार्यक्रम सञ्चालन नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईका महासचिब कुमार बलामीले गर्नु भएको थियो। करिब ८ घण्टा लामो उक्त कार्यक्रम लाई बिभिन्न फरक बिषयमा गरी जम्मा ४ चरणमा बिभाजन गरिएको थियो भने कार्यक्रममा सहभागी हुनुभएका सम्पुर्ण महानुभावहरुलाई चियापानको साथै खानाको पनि व्यवस्था गरिएको थियो। पहिलो चरणको तालिम अन्तर्गत सहभागीहरुलाई आदिवासी जनजातीको सम्बन्धमा बताइएको थियो। तालिममा नेफिन युएई प्रशिक्षण विभाग प्रमुख संयोजक डेर राज गुरुङ्गले आदिवासी जनजातीको व्याख्या, नेपालमा सुचीकृत जनजातीहरु, सुचीकृत हुने प्रक्रिया, नेपालको संविधानमा आदिवासी जनजातीको हक र मर्मको संरक्षण, ILO को आदिवासी जनजातीको परिभाषा तथा अन्तर्राष्ट्रिय आदिवासी दिवस, नेपालको संविधानमा नेफिनको विमति र तत्काल कार्यान्वयन गर्नुपर्ने कार्यहरु तथा आदिवासी अभियन्ताहरुको बारेमा जानकारी दिनुभएको थियो। दोस्रो चरणको तालिममा Learning & Development विषय समेटिएको थियो भने तालिममा प्रशिक्षण विभागका उपसंयोजक सनिल घिसिङ्गले प्रशिक्षण दिनु भएको थियो। यस तालिममा वृत्ती तथा नेतृत्व विकास, यसको आवश्यकता तथा प्रकारहरु, संस्था संचालनमा यसको प्रभाव र आवश्यकताको बारेमा विस्तृत रुपमा जानकारी दिइएको थियो। तेस्रो चरणको तालिममा Microsoft Office अन्तर्गत Microsoft Excel को बारेमा ज्ञान दिइएको थियो भने तालिमको प्रशिक्षण नेपाली समाजका पार्षद अध्यक्ष राम मोक्तानले गर्नु भएको थियो। आफ्नो कार्यक्षेत्र र संस्था संचालनमा आउने वित्तीय तथा मानव संसाधन अन्तर्गतका हिसाब किताब बारेमा सहज व्यवस्थापनमा सहयोग पुग्ने यस सफ्टवेयरको विस्तारित तालिमको लागि सहभागी सदस्यहरुलाई नेफिन युएईले व्यवस्था गर्न मोक्तानले आग्रह गर्नुभएको थियो। चौथो तथा अन्तिम चरणको तालिम मा प्रशिक्षण गर्नु हुँदै प्रशिक्षण विभाग प्रमुख संयोजक तथा प्रशिक्षक डेर राज गुरुङ्गले वक्तृत्वकला तथा उदघोषण विषयमा विस्तृत रूपमा जानकारी दिनु हुँदै यसै चरणमा बैठक र त्यसको संचालन विधिको बारेमा पनि तालिम दिनुभएको थियो। कार्यक्रमको अन्तमा सहभागीहरुलाई प्रश्नोत्तर र प्रतिक्रियाको लागी समय दिईएको थियो। यसक्रममा नेपाल मगर संघ युएईका अध्यक्ष शिला रानामगर, तामाङ समाज युएईका कार्यवाहक अध्यक्ष जितेन्द्र तामाङ, प्रवासी भुजेल समाज सेवा समिती युएईका अध्यक्ष सुर्य बहादुर भुजेल, नेफिन युएईका उपाध्यक्ष डि बि समर्पन मगर, नेवा: पुच: युएई दुबई क्षेत्रीय अध्यक्ष दिपेश श्रेष्ठ, नेवा: पुच: युएई दुबई क्षेत्रिय मिसा: पुच:का अध्यक्ष पवन मैंया नकर्मी लगायत फोनिज युएईका कार्यवाहक अध्यक्ष राजेश प्रधानले प्रतिक्रिया दिने क्रममा उक्त तालिम ज्ञानमुलक भएको र आफुहरुले यस कार्यक्रम मार्फत धेरै लाभ हासिल गर्न पाएकोमा खुशी ब्यक्त गर्दै नेफिन युएई प्रति आभार प्रकट गर्नु भएको थियो। आफ्नो कार्यव्यस्तता वावजुदपनि पुरा दिनभर समय दिई कार्यक्रम सफल बनाउन सहयोग गर्नु भएका सम्पुर्ण प्रशिक्षक तथा सहभागी महानुभावहरुलाई नेफिन युएईको तर्फबाट हार्दिक धन्यबाद प्रकट गर्दै नेफिन युएईको टिमले आगामी दिनहरुमा पनि यस्तै विभिन्न नौलो खालको कार्यक्रमहरु गर्ने लक्ष्य लिएको र यसको लागी सबैको साथ र सहयोग प्राप्त भैरहने अपेक्षा गरेको नेफिन युएईका महासचिब कुमार बलामीले जानकारी गराउनु भएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...