इजरायलमा नेवार समुदायको मौलिक चाड म्ह:पुजा तथा नेपाल सम्बत न्हु दं भिन्तुना भब्य रुपले सम्पन्न।

जनजाती बिशेस

इजरायलमा नेवार समुदायको मौलिक चाड म्ह:पुजा तथा नेपाल सम्बत न्हु दं भिन्तुना भब्य रुपले सम्पन्न।
नोबेम्बर ५ तेल अभिव :- राष्ट्रिय नेवा: खल: इजरायलको आयोजनामा नेपालको मौलिक चाड पर्ब "स्वन्ति नख:, म्ह: पूजा, नेपाल सम्बत ११४० न्हु दं भिन्तुना साथै नबौ बार्षिक उत्सब कार्यक्रम भब्य रुपले सम्पन्न भएको छ ।गत शुक्रबार नोभेम्बर १ तारीख साँझ तेल अभीवमा राष्ट्रिय नेवा खल इजरायलका अध्यक्ष मनु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति नेपाली राजदुताबास इजरायलका महामहिम राजदुत श्री अन्जान शाक्य, बिशिष्ट अतिथि नेपाल आदिबासी जनजाति महासंघ इजरायलका अध्यक्ष श्री तारा काउचा मगर, त्यसै गरी बिशिष्ट अतिथि गैर आबासिय नेपाली संघ NRNA Ncc इजरायलकी अध्यक्ष श्री शान्ता अधिकारी ज्ञावाली लगायत विभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु लगायत इजरायलबासी नेपालीहरुको बाक्लो उपस्थीती रहेका थिए । कार्यक्रम सभापती ,प्रमुख अतिथी ,बिशेस अतिथीहरुले संयुक्त रुपले दीप प्रज्वलन पछी शुरु भएको कार्यक्रममा सस्थाका बरिष्ठ उपाध्यक्ष स्वागत मन्तब्य बरिष्ट उपाध्यक्ष सुनीता श्रेष्ठले गरेका थिए ।त्यसै गरी प्रमुख अथिति नेपाली राजदुताबास इजरायलका महामहिम राजदुत श्री अन्जान शाक्य, बिशिष्ट अतिथि नेपाल आदिबासी जनजाति महासंघ इजरायलका अध्यक्ष श्री तारा काउचा मगर, त्यसै गरी बिशिष्ट अतिथि गैर आबासिय नेपाली संघ NRNA Ncc इजरायलकी अध्यक्ष श्री शान्ता अधिकारी ज्ञावालीले शुभकामना मन्तब्य दिएको थियो । नेवार समुदायको आफ्नो मौलिक भाषा, लिपि, धर्म ,कला संस्कृति, भेषभूषा साथै चाड पर्बहरुको प्रचार प्रसार , संरक्षण एबं सम्बर्दन गर्ने उद्देश्यले संन २०१० मा स्थापना भएको संस्था राष्ट्रीय नेवा: खल: इजरायलद्वारा नवौ बार्षीक उत्सवको अवसरमा केक काटेर मनाएको थियो ।यस अवसरमा मनोरन्जनको लागी नेपालबाट आउनु भएकी कलाकार सरिता शाहीको प्रस्तुती संगै स्थानीय कलाकारहरुको प्रस्तुती दिएको थियो ।यसै गरी मह पुजा पछी नेवारी परिकारहरुको बेबस्था गरिएको थियो भने भाग्यशाली चिठ्ठा कार्यक्रमका विजय हुनेहरुलाई पुरस्कार प्रदान गरिएको थियो।कार्यक्रमको समापनको घोषणा गर्दै नेवा खल इजरायलका अध्यक्ष मनु श्रेष्ठले उपस्थित हुनुहुने सबैलाई धन्यवाद सहीत शुभकामना दिएको थियो ।कार्यक्रम संचालन सस्थाका महासचिव बिमला श्रेष्ठले गरेको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...