स्यांग्जा गल्यांगमा ३७ औ मगर दिवस मनाउने ।

जनजाती बिशेस

स्यांग्जा गल्यांगमा ३७ औ मगर दिवस मनाउने ।
फागुन १० पोखरा :-स्याङजाको गल्याङमा १५ फाल्गुन अर्थात ३७ औँ मगर दिवस मनाउने भएको छ । नेपाल मगर संघ गल्याङ नगर समितीको आयोजनामा १५ फाल्गुन अर्थात ३७ औँ मगर दिवस मनाउन लागिएको हो । विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि भव्यताका साथ नेपाल मगर संघको ३७ औँ स्थापना दिवस मनाउने तयारी गरिएको नेपाल मगर संघ गल्याङ नगर समितीका अध्यक्ष कुमार रानाले बताउनुभयो । मगरहरुको भाषा,कला, संस्कृति संरक्षणका लागि यसले सहयोग पु¥याउने पनि उहाँले बताउनुभयो । यहि आउदो फाल्गुन १५ गते ३७ औँ मगर दिवस मनाउने तयारी भईरहेको नेपाल मगर संघ गल्याङ नगर समितीका सचिव रेशम रानाले बताउनुभयो । सोही दिन मगर झाँकी सहित वृहत ¥र्याली गल्याङ तल्लो बजार देखि सुरु गरि गल्याङ बजार पुरै परिक्रमा गरि मगर लेमभित्तामा औपचारिक कार्यक्रम गर्ने रेशम रानाले बताउनुभयो । यसैगरि मगर भवनमा हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुति पनि रहने छ । यसैबीच सोही दिन मगर भाषामा अन्तर विद्यालय कविता वाचन प्रतियोगिताका साथै मगर साँस्कृतिक सामुहिक नृत्य प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ । नृत्यतर्फ प्रथम पुरस्कार १० हजार, द्धितियलाई ५ हजार, तृतियलाई २ हजार पाँच सय र सान्वनालाई १ हजार पाँच सय प्रदान गरिने भएको छ । पट्ट मगर काट छानिङ भन्ने नाराका साथ ३७ औँ मगर दिवस मनाउने हुँदा सम्पुर्ण मगर समुदाय, संघ संस्था, क्लब लगायत सम्पुर्णलाई उपस्थितीका लागि आयोजकले आह्वान गरेको छ । साभार :-गल्यंग एफ एम

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...